नेपाली काँग्रेस घरदैलो गर्दै, वामगठवन्धन आमसभामा व्यस्त, राप्रपाको राजकुतमा चुनावी सभा !

बुर्तिवाङ २०७६ मंसिर १ । नेपाली काँग्रेसले आगामि मँसिर १४ गते हुने उपनिर्वाचनका निम्ती पश्चिम बागलुङका तिनवटै पालिकामा घरदैलो कार्यक्रमको सिलसिलामा निसीखोला ७ चोलाङमा चुनाव प्रचार गरेको छ भने वामगठवन्धनले निसीखोलाकै वडा नं ३ र ४ दुई वडाको संयुक्त चुनावी सभा झिवाखोलामा आमसभा सम्पन्न गरेको छ भने राप्रपाले राजकुतमा चुनावी सभा गरेको छ ।

चुनावी आमसभामा नेकपाका नेता एवं प्रतिनिधी सभासदस्य देवेन्द्र पौडेल लगायत नेकपा/राजमोका नेता कार्यकर्ताहरु उमेदवार खिमबिक्रम शाहीको गिलास चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।

नेपाली काँग्रेस निसीखोला ७ का वडा सभापती दिपक कुवँर नेतृत्वमा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, वडा नं.७ का वडा अध्यक्ष नहकुल कुवँर लगायतको टोलीव्दारा चोलाङ गाउँमा घरदैलो सँगै जनभेटघाट कार्यक्रम गरेर नेपाली काँग्रेसका उमेदवार जीत शेरचनलाई विजयी गराउन अपील गरेका थिए ।

यसैवीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उमेदवार गणेश बहादुर कुवँरलाई मतदान गर्न आग्रह गर्दे पार्टीले निसीखोला गाउँपालिका ७ राजकुतमा शनिबार चुनावी कार्यक्रम सम्पन्न गरेकोे छ । चुनावी सभामा हिन्दु राष्ट्र र राजतन्त्रका लागी गाईमा मतदान गर्त अपील गरिएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष हिमप्रसाद गौचन, बागलुङ जिल्ला सचिव विष्णु सापकोटा लगाएतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !