रत्नलक्ष्मी मावि रिघाको हिरक महोत्सव तयारीका बीच रु ८६ लाख वाकदान प्राप्त !

कमल पौडेल। गल्कोट २०७६ कात्तिक ३० । रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका ११ रिघाले हिरक महोत्सवको तयारी तिव्र पारेको छ। महोत्सव सम्पन्न गर्न तथा विद्यालयको शैक्षिक स्तरवृद्धिको लागि हाल सम्म सञ्चालित आर्थिक अभियानवाट ८६ लाख १२ हजार वोल रकम प्राप्त भएको आर्थिक समितिका संयोजक धन बहादुर श्रीसले जानकारी दिए ।

आगामी मंसिर २५ गते देखि २९ गते सम्म सञ्चालन गर्ने हिरक महोत्सवको लागि घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको विद्यालयले आज मुल समारोह सञ्चालन समितीको वैठक सम्पन्न गरेको छ । बैठकले घरदैलो तथा प्रचार प्रसारलाई थप तिव्रता दिने, विभिन्न समितिहरुलाई तिव्रता दिने, अन्तर पालिका, अन्तर वडा भेटघाट, पूर्व विद्यार्थी, शिक्षक, समितका पदाधिकारीहरु संग भेटघाट तथा निमन्त्रणा गर्ने, कार्यक्रमका प्रायोजक खोज्ने, लगाएका निर्णय गरेको छ। बैठक विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता, प्रधानाध्यापक तुल बहादुर श्रीसको सहजिकरण तथा शिक्षक नारायण प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !