दोश्रो अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा : सातै प्रदेशका खेलाडीको बडीगाडमा भव्य स्वागत !

कमल पौडेल, बडीगाड २०७६ कात्तिक ३० । दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता २०७६ मा सहभागि हुने ७ प्रदेशका खेलाडि बडिगाड गाउँपालिकाको खार बजारमा आइपुगेका छन् । आयोजक संगै ८ टिमको सहभागिता रहने राष्ट्रिय सितोरियो कराँते खेल बडीगाड गाउँपालिकाको खार वजारमा आइतवार देखि ३ दिन सम्म चल्ने छ । प्रतियोगिताको लागि देश भरवाट २१० सय वढी खेलाडि, १६ जना प्रशिक्षक, अन्तराष्ट्रि १८ र राष्ट्रिय ४२ गरि जम्मा ६० जना रेफ्री (एम्पाएर) को सहभागिता रहने कार्यक्रम संयोजक राजन पाइजाले ईबागलुङलाई बताए ।

शनिवार प्रशिक्षक सहित खेलाडीहरुलाई पञ्चैवाजा सहित स्वागत तथा सम्मान गरिएको छ । सो स्वागत कार्यक्रममा बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा र सितोरियो कराँते बडीगाड डोजोका संयोजक राजन पाईजा लगाएतले टिका तथा मालाले स्वागत तथा सम्मान गरेका थिए ।

पौंदी न्वागी मेलाकै अवसरमा बडीगाड डोजोको आयोजना र वडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा ३० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगीताको लागि वडीगाड गाउँपालिकाले रु २२ लाख ५० लाख विनियोजन गरेको छ।

सो प्रतियोगीतामा प्रथम पुरस्कार ८० हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितियको लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेको लागि ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र को व्यावस्था गरिएको छ। प्रत्येक सहभागि टिमलाई खान वस्नको व्यवस्था सहित १५ हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ। सो कार्यक्रममा नेपाल कराँते महासंघ बाट कार्यवाहक अध्यक्ष दावा गुरुङ, पुरेन्द्र विक्रम लाखे सहित दर्जनौ प्रशिक्षकहरु तथा महासंघका सदस्यहरुको सहभागिता रहने तथा सो कार्यक्रमको टेलिभिजनवाट समेत प्रत्यक्ष प्रशारण गरिने संयोजक पाइजाले जानकारी दिए ।

सो कार्यक्रमको उद्घाटन मंसिर १ गते संघीय साँसद देवेन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको छ ।

गत वर्ष विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत सहभागिता रहेको थियो तर यस वर्ष विभागीय टोली तेह्रौ सागको छनौट प्रशिक्षणमा विदेशमा रहेकोले सहभागि हुन नसकेको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !