Sorry, that menu does not exist.
 

मल्मको पिपलबोट पोखरीको मर्मत कार्य सुरु !

थम्मन थापा सन्देश/ गल्कोट २०७३ चैत २९ । गल्कोट नगरपालिका ७ मल्मडाँडामा रहेको एेतिहासिक पिपलबोट पोखरीको मर्मत कार्य सुरु गरिएको छ ।

जिल्ला भू संरक्षण कार्यालयको रु ४० हजार, स्थानियको जनश्रमदान रु ४३ हजार र अन्य लागत रकम रु ८१ हजार ३ सय रुपैया अहिलेसम्म खर्च भएको निर्माण समितिका अध्यक्ष झम बहादुर थापाले जानकारी दिए ।

सो सिचाई पोखरी मर्मत कार्य सम्पन्न गर्न २ लाख २५ हजारको लागत अनुमान गरिएको छ । ४ फिट गहिराई र गोलाकार २० मिटर लम्बाई रहेको उक्त पोखरीको चौडाई १५ मिटर रहेको छ । उक्त सिचाई पोखरी मर्मत पश्चात स्थानिय मल्मडाँडा, कोल, उपल्लो आरानटोल, र उपल्लो सिरबारेका ४१ घरधुरी प्रत्यक्ष लाभान्वित हुने समितिका कोषाध्यक्ष डिल बहादुर खडकाले बताए।

पोखरीमा खानेपानी मुल ट्याङकीबाट ओभरफलो भएको पानीलाई स्टोर गर्ने योजना बनाईएको र वर्खायाममा धान रोपाई गर्न समेत कृषकलाई सहज हुने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply