बिद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटनका लागी राबाशि सदन बिद्यालयमा बहुप्रतिभा कार्यक्रम सम्पन्न !

शीला पाण्डे, पर्वत कुस्मा २०७६ कात्तिक ३० । राष्टिय बाल शिक्षा सदन अंग्रेजी आबासीय मा।बि। कुस्मा पर्वतले नियमित गर्ने शुक्रबारे कार्यक्रम अन्तर्गत हिजो बिद्यार्थीहरूमा अन्तरनिहित प्रतिभा प्रस्फूटनार्थ शुक्रबार बहुप्रतिभा कार्यक्रम सम्पन्न भएको छ।

कक्षा ८ ले आयेजना गरेको उक्त कार्यक्रमको अध्यक्षता कक्षा ८ का अमृत लामिछानेले गरेका थिए । बिद्यालय सन्चालक समितिका अध्यक्ष रूद्र प्रसाद शर्मा प्रमुख अतिथि रहेको कार्यक्रममा स्वागत बिपिन लामिछाने र परीक्षा पौडेलले गरेका थिए भने सन्चालन संरचना शर्मा र पुजन सुबेदीले गरेकाथिए। निमाबि सि।ई प्रकाश आचार्य र माबि शिक्षक शुत्र प्रसाद पैडेल निर्णायक रहेको कार्यक्रममा कक्षा ९ र १० को लागी बादबिबाद कार्यक्रम आयोजित थियो जसमा प्रथम पङ्कज रिमाल देस्रो सदिक्षा सुबेदी तृतिय कुशल शर्मा र सान्त्वना बिश्वराज चापागाईले हातपार्न सफल भए ।

त्यस्तै कक्षा ६ र ७ को लागी बक्तृत्वकला सम्पन्न भयो जसमा प्रथम सुनिना क्षत्री व्खितिय मनिसा बस्याल र तृतिय ईच्छा पैडेलले बाजी मारेका थिए । साथै ५ र ४ कक्षाकोलागी भने कबिता बाचन प्रतियोगिता सम्पन गरियो जसमा प्रथम सचिन शर्मा र प्रज्ञा सुबेदी व्दितिय प्रज्वल रिमाल तृतिय स्मृति गौतम र सान्त्वना अभिनब गौडेलले हात पारे । ३ देखी तलका कक्षाहरूकोलागी हस्तकला प्रतियोगिता चित्रकला पठन शैली कला आदी कार्यक्रमहरू सन्चालन गरिएको प्राबि शिक्षक ईन्चार्ज कल्पना क्षत्रीले जानकारी दिईन् । प्रथम द्वितिय तृतिय र सान्त्वनालाई शिल्ड मेडल प्रमाणपत्र र पुस्तीकाले सम्मानित गरिएको शिक्षक मिना खड्काले बताईन् ।

बिद्यार्थी आशिष रिजालले धन्यबाद ज्ञापन गरेको कार्यक्रममा शिक्षक प्रकाश आचार्य बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकाल र अद्यक्ष रूद्र प्रसाद शर्माले आफ्नो मन्तव्यद्वारा बिद्यार्थीलाई मार्गनिर्देशन गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !