गुल्मीको सिद्धबाबा माबिमा साईवर सुरक्षा र अपराध बारेमा प्रशिक्षण !

रामकृष्ण कँडेल, गुल्मी २०७६ कात्तिक २९ । रेसुङ्गा नगरपालिका वडा नं ८ स्थित श्री सिद्धबाबा माबि मा साईबर सुरक्षा र अपराध बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मी र बिद्यालयको संयुक्त आयोजनमा कार्यक्रम आयोजना गरिएको थियो।

प्र।स।नि ज्ञान बहादुर कुंवरको प्रहरी टोलीले बिद्यार्थीहरुलाई साईबर सुरक्षा र अपराधको बारेमा प्रशिक्षण दिएको हो । उक्त कार्यक्रममा चलदृश्यहरु समेत प्रदर्शन गरिएको थियो।

साईबर अपराध के हो ? यी घटनाहरू कसरी घट्छन ? साथै यस्ता घटना घटन नदिन के गर्ने,? साईबर घटना घटिहाले भने के गर्ने ? भन्ने महत्वपूर्ण बिषयहरूमा बिधार्थीहरूलाई प्रशिक्षण दिईएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !