निर्वाचनमा कसैको व्यक्तिगत टीकाटिप्पणी नहोस !

कोपीला कंडेल,

भनिन्छ बोलीले मान्छेको व्यक्तित्व झल्काउछ । सबैसंग मिठो बोल्नु कसै संग दुश्मनी नगर्नु सबै संग समान र राम्रो व्यव्हार गर्नु असल मानवीय गुण भित्र पर्दछन् । तैपनि मानव स्वभाव अनुसार बेलाबखत हुने समान्यतया झैझगडा गुनासो भनाभन हाम्र्रो घर परिवार समाज आफन्त लगायत सबै संग हुने गर्दछ । मानव जीवनमा बेलावखत हुने यस्ताखाले सामान्य उतार चडावले छलफल पछि निकास वा समाधानको बाटोे पनि खोज्छन् । तर कोही प्रति पुर्वाग्रहीनै भएर अस्वस्थ गालिगलौज वा टीकाटिप्पणी हुन थाल्यो भने त्यसले समाजमा ईगोको रुप लिन्छ र जसलाई सहजै साम्य पार्न कठिन हुनसक्छ ।

राजनीतिमा सैद्धान्तिक वा बैचारिक मतभेदलाई स्वभाविक मानिन्छ । तर जव निर्वाचनको समय आउछ तव उम्मेद्वार वा उम्मेद्वार संग सरोकार राख्ने व्यक्तिहरु माथि अनेक प्रकारका गलत टीकाटिप्पणी हुन थाल्छन् । निर्वाचनमा भाग लिने वा उम्मेद्वार बन्ने भनेको संबन्धित पार्टीले पत्याएको वा विश्वास गरेको व्यक्तिनै हो । निर्वाचनको प्रक्रिया अनुरुप मनोनयन दर्ता पश्चात चुनावी सभा प्रचार प्रसार हुनुलार्ई पनि स्वभाविक रुपमा लिन सकिन्छ । चुनावको प्रचार प्रसार गरेर आफ्नो पक्षलाई विजयी गराउने अधिकार पनि राजनीतिक दललाई छ ।

चुनावमा सैद्धान्तिक र बैचारिक रुपमा आफ्ना राजनितिक ऐजेण्डा अगाडी सारेर जनताको मन जित्नु भन्दा पनि एकले अर्कोलाई सत्तोसराप गर्ने प्रवृत्ति विगतका केही चुनावमा समेत नदेखिएका होईनन् । यतिसम्मकी अघि पछि केही छैन निर्वाचनका समयमा उम्मेद्वारको स्कुले जीवन देखी व्यक्तिगत र व्याव्सायीक जीवनमा कहां के कमजोरी गरेको छ र कसरी गिराउन सकिन्छ भनेर अत्यन्त तल्लो स्तरका टीकाटिप्प्णी समेत भए ।

विगतका निर्वाचनमा कहां कसले कसलाई के भन्यो भन्ने तर्फ भने नजाउ । निर्वाचनका समयमा उम्मेद्वारले भन्दापनि सम्बन्धित उम्मेद्वारका पक्ष र विपक्षी विच बढि उचार चडाव र बैमनस्यताको स्थिती सृजना हुन्छ । यसरी अरुको कमजोरी मात्र खोजेर हिड्ने प्रवृतिले राम्रो परिणाम दिदैन । अर्को कुरा आफु र आफ्नो पक्षलाई माथि पुर्याउनका लागि कसैेका व्यक्तिगत आचरण र योग्यता क्षेमता वा कमजोरी खोजेर अनावश्यक टिप्पणीले निर्वाचनको परिणाम त आफ्नो पक्षमा पर्ला नपर्ला तर चुनाव पछिका दिनमा पनि त्यसको प्रतिफल राम्रो हुदैन साथै तपाईको व्यक्तित्वमा समेत नराम्रो खाले छाप पर्छ । अर्कोकुरा आम मतदातालाई पनि यति कमजोर नसम्झौकी आफुले जे भनेपनि जनताले पत्याई हाल्छन् । आम जनताले यहांको राजनितिक पार्टीका गतिविधी वा निर्वाचन पहिले गरेका वाचाकवुल र चुनाव पछिका क्रियाकलाप नियालि रहेका छन् । त्यसैले कसैले अरुको नकरात्मक टिप्पणी गर्दैैमा कसैलाई सर्लक्कै मतदान गर्ने वाला छैनन् । किनकी जनता आफैे सचेत छन् । जति घरदैलो तथा प्रत्यक्ष सम्पर्क गरेर तथा निर्वाचन पछिका आफुले पुरा गर्न सक्ने एजेण्डामा सहमत भएर मतदान गर्छन् तर तल्लोस्तरको गालिगलौज र टिप्पणी कदापी जनताले पत्याउदैनन् भन्ने लाग्छ ।

भनिन्छ मान्छेको अनुहार विर्सिन्छ तर उसको आनीवानी र वोलीवचन कहिल्यै भुल्न सकिदैेन । निर्वाचनको परिणाम जे भएपनि निर्वाचन पछि पनि समाज चाहिन्छ भाईसाथी चाहिन्छन् । राजनिति फेरी पनि गर्नु छ भनेर सबैले फराकिलो छाती बनाउन जरुरी देखिन्छ । असल प्रतिनिधी छनोटका लागि निर्वाचन एउटा प्र्रक्रिया हो । अहिले बागलुङको प्रदेशसभा १ वडा अध्यक्ष १ गरी बिभिन्न जिल्लामा यहि आउदो मंसिर १४ गते उपनिर्वाचन हुन गईरहेको छ । निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि अहिले चुुनावी सभा घरदैलौ तथा चुनाव प्रचारप्रसारका काम अगाडी बढिरहेका छन् ।

चुनावलाई सौहाद्र वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन संग सरोकार राख्ने सबैले सहयोग पुर्याउनु पर्दछ । एउटा पुसले जाडो जादैैन भने जस्तै चुनाव फेरी पनि आउछ भन्ने कुरालाई आत्मसात गरेर उम्मेद्वार तथा सम्बन्धित पार्टीका गतिविधीहरु संयमित हुनुपर्दछ । एउटैै चुनावले व्यक्ति वा मुलुकको भाग्य र भविष्य पुरै कायापलट गर्ने पनि होईन । जो जसले जनताको मन जितेर मत माग्छन उनिहरुको बिजय अवश्य सुनिश्चीत हुनेछ । अतं चुनावलाई संयमित शान्तिपुर्ण र भयरहित बनाउनका लागि सबैले सकरात्मक भुमिका निर्वाह गरौ । व्यक्तिगत रुपमा अस्वस्थ आलोचना गर्ने तर्फ लागियो भने दुवै पक्षका लागि हानिकारक हुनेछ । राजनिति लाई केही नेताले व्याक्तिगत स्वार्थ संग जोडेर गरेका केही त्रुटीपुर्ण क्रियाकलापले केही प्रश्न चिन्ह अवश्य खडा नभएका होईनन् । नत्र राजनीतिलाई विशुद्ध पेशा वा जनता र राष्ट्रको पक्षमा मात्र हेर्ने परिपार्टीको विकाश हुन सकेमा सक्षम नेतृत्व जो गएपनि फरक पर्दैन ।

त्यसैले उम्मेद्वार र सम्बन्धित दलहरु विच वैचारिक भिन्नता र स्वस्थ्य आलोचना बाहेक व्याक्तिगत टीकाटिप्पणी तर्फ लाग्नु हुदैन । किनकी चुनाव पछिका दिनमा पनि सम्बन्ध सुमधुरनै कायम हुनुपर्दछ । हामीले नेतालाई जतिकुकै गालीगलौज गरेपनि फेरीपनि नेपालमा दलहरुको विकल्प छैन । विकाशका एजेण्डामा सबै एकजुट नभएसम्म मुलुकले देखेका अधिकाशं सपना अधुरै रहने छन् । अतं चुनावी प्रक्रियालाई अनुशासित मर्यादित र भयरहित रुपमा सम्पन्न गरौ । निर्वाचनकै कारण कोही कसैविच वैमनस्यता सृजना नहोस । सबैविच सुमधुर सम्बन्ध कायम हुने गरी आआफ्ना पार्टीका प्रचार प्रसार तथाचुनावी क्रियााकलाप लार्ई अगाडी बढांउ । यसैमा सबैको भलो हुनेछ ।

लेखिका ईबागलुङकी संपादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !