भारतीय बिस्तारवाद बिरुद्ध तरुण दलले निकाल्यो हटियामा राँके जुलुस : ओली सरकारको राजिनामा माग !

थम्मन थापा, गल्कोट २०७६ कात्तिक २९ । गल्कोट नगरपालिका ३ हटिया बजारमा नेपाल तरुण दल वडा समितीको आयोजनामा शुक्रबार साँझ भारतीय विस्तारवाद विरुद्ध प्रदर्शन गरिएको छ । नेपाली भुमी कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले अतिक्रमण गरि आफनो देशको नक्सामा समावेश गरी सार्वजनिक गरेको विरोधमा विरोध प्रर्दशन गरिएको हो ।

लिपुलेक कालापानीको भूमि नेपाली हो र नेपाली रहनुपर्छ भन्दै नेपाली काँग्रेसले आधिकारिक रुपमा नेपाल सरकारलाई अनुरोध गर्दै आएको छ । उग्रराष्ट्रवादको आडमा सत्तासीन भएको सरकार नेपाली सीमाना अतिक्रमणको विषयमा केही पनि नबोलेको भन्दै नेपाली कांग्रेसले भारतीय विस्तारवादको विरुद्ध दबाब सृजना गर्ने उद्देष्यका गलकोट नगरपालिका ३ हटिया बजारको लोकतान्त्रिक चोकबाट विरोध जुलुस ९राँके जुलुस० निकालेको हो ।

नेपाली कांग्रेस गलकोट नगरपालिका ३ नं वडा समिती, नेपाल तरुण दल, गलकोटले आयोजना गरेको उक्त जुलुसमा भारतीय विस्तारवाद विरुद्ध एक होऔ, कम्युनिष्ट सरकार राजिनामा दे लगाएतका नारा लगाएका थिए । लोकतान्त्रिक चोकबाट सुरु भएको जुलुस जिपपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई नेपाली कांगेस महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसे, नेपाली कांग्रेस जिल्ला सदस्य फम बहादुर खत्री लगायतले सम्वोधन गरेका थिए । विरोध प्रर्दशनीमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, भातृ संगठन लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !