प्रेम सुनार, गुल्मी, २०७३ चैत २९ । स्थानिय तहको निर्वाचनको चहल पहल सुरु हुनै लागेको वेला आज नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता विच तम्घासको खानीगाउँमा झण्डै झडप भयो ।
नेपाली कांग्रेसले रेसुङ्गा नगरपालिका वडा नम्वर–८ को वडा भेला राखेको स्थान खानीगाउँ टुनिखोलाको दुर्गा मन्दिरमा एमाले कार्यकर्ताहरुले अवरोध गरेको बताईएको छ ।
नेपाली कांग्रेस वडा नम्वर ८ का वडा सभापति रमेश श्रीसले एमालेका सम्भावित वडा अध्यक्षका उमेदवार खेदबहादुर श्रीस् , एमालेकै कार्यकर्ताहरु रुद्रबहादुर श्रीस् र लालबहादुर श्रीस लगायत आएर आफुहरुको कार्यक्रम विथोल्ने , झण्डा च्यात्ने , फालि दिने सम्मको धम्की दिएको आरोप लगाए ।
उनिहरुको उदण्ड व्यवहारटबाट झण्डै हात हालाहालको स्थिती आएको सभापति श्रीसको भनाई रहेको छ । यस सम्वन्धमा एमालेका उनै खेदबहादुर श्रीसले भने उनिहरुले आरोप लगाए जस्तो नभएको जिकिर गरे ।
उनले भने–‘ मान्दिर जस्तो साझा थलोमा नेपाली कांग्रेसको झण्डा नगाड्नुस , यो सवैको मन्दिर हो , वरु अन्य कुनै स्थानमा झण्डा गाड्नु होस भनेर सम्झाउन गएको हो , कार्यक्रम विथोल्न गएको होईन ।’
हामी उहाँहरुको छिमेकमा रहेको भगवती मन्दिरमा गएर एमालेको झण्डा गाडेर कार्यक्रम गरे उहाँहरुले के भन्नु होला ? –उनको यस्तो प्रति प्रश्न थियो ।