काँग्रेसको चुनावी अभियान भाषण भन्दा बढि घरदैलोमा केन्द्रित : निसी र तमानमा महिला प्रचार समिति गठन !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ कात्तिक २९ । आगामी मँसिर १४ गते हुने बागलुङ प्रदेश २ ख को उपनिर्वाचनका निम्ती राजनैतिक दलहरु सक्रिय पुर्वक चुनावी प्रचार प्रसार अभियानमा जुटेका छन् । यसपटकको निर्वाचनमा आमसभा, भेलाभाषण भन्दा बढि मात्रामा जनताको घरदैलोमा पुग्ने, मत माग्ने र जनताका सुझाब सहित समस्या सुन्दै उमेद्वार नेता कार्यक्रता गाउँ केन्द्रित बनेका छन् ।

नेपाली काँग्रेसका उमेद्वार जितशेरचन लगाएत नेपाली काँग्रेसका नेता कार्यक्रता जनताको माझमा पुगेर घरदैलो अभियानलाई प्राथमिकता दिएका छन् । पश्चिम बागलुङका ३ वटा पालिकाको २२ वटै वडाका जनताको घरघरमा पुग्ने लक्ष्य सहित मतदाता भेटघाट कार्यक्रम बढिरहेको उमेदवार जीत शेरचनले बताए ।

पार्टीको छलफल अनुसार भाषणमुलक कार्यक्रमलाई भन्दा बढि जनभेटघाट कार्यक्रमलाई प्रभाबकारी रुपमा लिएको बताईएको छ । यो सँगै शुक्रबार उमेदवार जीत शेरचन, क्षेत्र नं.२ बागलुङका सभापती दोर्णकुमार कुवँर लगाएतको टोलीले ढोरपाटन नगरपालिका ९ बोबाङमा घरदैलो कार्यक्रम गरेको छ ।
आजै महाधिवेशन प्रतिनिधी टेकराज पौडेल, लगाएत जिल्ला तहका नेता कार्यक्रताको उपस्थितीमा निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा जभेटघाट कार्यक्रम भएको जनाइएको छ ।

नेपाली काँग्रेस महिला सँघद्धारा ढोरपाटन नगरपालिका स्तरीय महिला सँघ बुर्तिबाङमा चुनावी भेटघाट एवम् महिला परिचालन समितीको गठन गरिएको छ । यो सँगै काँग्रेसका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरु, संघ तथा प्रदेशका माननीयहरु सहितको टिम प्रत्येक पालिकामा रहेका वडा वडामा पुगेर प्रचारात्मक अभियानमा लागेको प्रदेश २ ख का सचिव दिपेन्द्र श्रेष्ठले बताए ।

यसैवीच नेपाल महिला संघले निसीखोला गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष शोभा कार्कीको संयोजकत्वमा ६५ सदस्यीय, ढोरपाटन नगरपालिकामा रत्ना शेरचनको संयोजकत्वमा ८१ सदस्यीय र तमानखोला गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष मानसरी शेरचनको संयोजकत्वमा १०१ सदस्यीय प्रचार समिति गठन गरिएको छ । महिला संघको सहकार्य भएको कार्यक्रममा निवर्तमान पार्टी सभापती प्रकाश पौडेल, महासमिति सदस्य जगदिशचन्द्र उपाध्यय, क्याप्टेन हरिबहादुर भण्डारी, नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा, महिला नेत्री गण्डकी थापा लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !