काँग्रसी उमेदवार जीत शेरचन भन्छन् – विकास ,रोजगारी, शिक्षा र समृद्धि पहिलो प्राथमिकता !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ कात्तिक २८ । नेपाली काँग्रेसका उमेद्वार जित शेरचनले पश्चिम बागलुङको विकास र समृद्धिको निम्ती आफुले जिल्लाको क्षेत्र नं २ ख को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा उमेदवारी दिएकोे बताएका छन् उमेदवार शेरचनले आफु गरीब र सामान्य परिवारको व्यक्ति भएको बताउँदै पश्चिम बागलुङको समृद्धि र बिकासको आधार तयार गर्ने सँकल्प आफुसँग भएका कारण यस क्षेत्रको विकास, शिक्षा , रोजगारी जस्ता समस्याको समाधान गर्न र जनता र राज्य विचको दुरीलाई नजिक ल्याउनका निम्ती आफनो उमेदवारी रहेको बताए ।

बुर्तिवाङबाट पसारण हुने ढोरपाटन रेडियोको बहस कार्यक्रममा बोल्दै उनले भने हामी जिल्ला सदरमुकाम देखि सँधै टाढा छौँ यहाँका अधिकाँस गरीब दलीत, महिला शिक्षाको पहुँचमा छैनन्। चेतनाको अभाब छ । अधिकाँस युवाहरु रोजगारीका यसक्षेत्रमा कुनै अवसर नदेखेर बैदेशिक रोजागारीमा छन् । त्यसैले यसक्षेत्रको विकास, चेतना र रोजगारीको सृजना र यसक्षेत्रको कृर्षि।, प्रर्यटन, जडिबुटीको व्यवस्थापन गर्नका निम्ती आफु जनताको माझमा आएको र जनताले अधिकतम मतदिएर आफुलाई निर्वाचित गराउनेमा आफु विश्वस्त गरेको बताए ।

आफु र आफना पार्टीका कार्यकर्ताहरुले आफनो सरकार नहुँदा समेत यसक्षेत्रमा धेरै विकास निर्माणका काम गरीरहेको बताउँदै यसक्षेत्रका जनताको पहुँच सिधै केन्द्रसम्म पुर्याउन आफुले सक्ने भएका कारण आफनो जित आवष्यक रहेको औल्याए ।

२०७४ को प्रदेश सभा निर्वाचमा नेपाली काँग्रेस पार्टीबाट उमेदवारी दिएका शेरचन स्वर्गिय टेकबहादुर घर्तिसँग ३ हजार २ सय मतान्तरले पराजित भएका थिए । उनी भन्छन्, मलाई २०७४ मा पनी जनताले अमुल्य मतदान गर्नुभयो यसपटक पनी मलाई मतदान गरी यसक्षेत्रको समृद्धि हासिल गर्नमा सहयोग पुर्याउनुहुने छ ।

चुनावी प्रचार प्रसारमा व्यस्त देखिँदै आएका शेरचनले भने आफु र आफना नेता कार्यकर्ताहरु जनताको घरघरमै पुगेर आफुलाई विजयी गराउन अपिल गरीएको छ । ती पालीकाको २२ वटै वडामा घरदैलो अभियान सञ्चालन गरीएको र जनताले पुन आफनो उमेदवारी भइरहँदा खुसी महसूस गरेको बताए । जनताको आशा र भरोसालाई आफुले कहिल्यै नकुल्चने बताउँदै उनले भने मैले र पार्टीले यसक्षेत्रको सडक, मोटरेवल पुल, अनाथ बालबालीकाको पढाई व्यवस्थापन, बिरामी, भेल बाढी पीडत जनताको निम्ती निरन्तर खटीरहेको स्मरण गर्दे आफु सँधै यसक्षेत्रको विकास र समृद्धिमा जुटिरहने प्रतिबद्धता जनाए ।

मैले धेरै भाषण र नचाहिँदा कुरा गरेर जनतालाई भ्रममा पार्ने काम गर्दिन सक्नेजती काम गर्ने हो । तल्लो तहदेखि माथिल्लो केन्द्रसम्म पहुँच भएका कारण यसक्षेत्रलाई केहि विकास गर्ने लक्ष्य आफुमा रहेको उनले सुनाए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !