Sorry, that menu does not exist.
 

पर्वत अस्पतालमा वच्चाको विशेष उपचार कक्षको स्थापना : वच्चाहरुले विशेष उपचार स्याहार पाउने !

निर्मल पौडेल पर्वत कुस्मा २०७६ कात्तिक २८ । अवदेखी जिल्ला अस्पताल पर्वतमा जन्मिने वच्चाहरुले विशेष किसिमको उपचार र स्याहार पाउने अस्पताल विकास समितीका अध्यक्ष गोविन्द पहाडीले वताएका छन् । वुधवार अस्पताल परिसरमा भएको सहयोग सम्झौता कार्यक्रममा वच्चाको विशेष उपचार कक्ष (SNCU – Special Newborn Care Unit) स्थापनार्थ २० लाख मुल्य वरावरका सामाग्रीहरु वुझ्दै पहाडीले यस्तो वताएका हुन् ।

लायन्स क्लव अफ शिवालय कुस्मा पर्वतको संयोजनमा ईटालीको रिजन टेन्ट्रिनो अल्टो एडिजको आर्थिक सहयोग र ए एन टी परियोजना मार्फत बच्चाको विशेष उपचार कक्षका लागि आवश्यक सामानहरुको संवन्धमा लायन्स क्लव अफ शिवालय र पर्वत जिल्ला अस्पताल विच सम्झौता भएको हो ।

सामानहरु बुझ्दै पर्वत अस्पतालका पहाडीले यी अत्याधुनिक मेशिन उपकरण जडान भएपछि अस्पतालमा जन्मिने बच्चाहरुले विशेष उपचार सेवा पाउने वातावरण बनेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा लायन्स क्लव अफ शिवालय कुस्मा पर्वतका अध्यक्ष डि आर शर्माले बच्चाहरुको उपचारमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

पर्वतमा सामान ल्याउन विशेष पहल गर्ने लायन्स क्लव अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ का को चिफ एडभाईजर बसन्त कुमार कर्माचार्यले सामानहरु उपयोग गर्दै जांदा आवश्यक अन्य सहयोग पनि गरिने र बच्चाहरुको स्वास्थ्यका लागि छिट्टै एउटा कोष स्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

पर्वत अस्पताललाई उपचार लायक अस्पताल बनाउने हाम्रो अभियानमा यो एउटा महत्वपूर्ण कदम हुने देखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !