बुर्तिवाङमा खैलाबैला : स्वतन्त्र उमेदवार शेरमान घर्तीको ‘ल्किप’ निर्वाचन चिन्हमा मतदान गर्न अपील !

बुर्तिवाङ २०७६ कात्तिक २८ । नेकपाबाट बिद्रोह गरेर स्वतन्त्र उमेदवारमा उठेका बोवाङका शेरमान घर्तीमगरको ल्किप निर्वाचन चिन्हमा मतदान गर्न प्रचार अभियान सुरु गरेपछी बुर्तिवाङमा खैलाबैला मच्चिएको छ । स्वतन्त्र उमेदवार कायम रहेका घर्तीमगरलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले क्लिप निर्वाचन चिन्ह प्रदन गरेको छ ।

अहिले, “ढोरपाटन हाम्रो पहिचान, पश्चिम बागलुङ छुट्टै जिल्ला बनाउने अभियान, क्लिप चिन्हमा मतदान …..” नारा सहित स्वतन्त्र उमेदवार घर्तीको चुनावी प्रचार अभियान निसी, भूजी र तमानमा भएको छ । सामाजिक सन्जाल फेसबुकमा पनि क्लिप चिन्हमा मतादान गर्न आव्हान गरिएको छ ।

प्रचार पोष्टरमा स्वतन्त्र उमेदवार घर्तीमगरको नाम उल्लेख नगरी स्वतन्त्र उमेदवारी दिनुपर्ने कारणबारे उनले बोलेको विषयलाई ईंगित गदर्,ै पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउने एजेण्डालाई विजयी बनाऔँ भनेर मत मागिएको छ ।

स्मरणीय छ, स्वतन्त्ररुपमा उठेका घर्ती मनोनयन फिर्ता लिने समय घर्की सकेपछी बुर्तिवाङबाट दिउसो १ बजेर ४ मिनेटमा हेलिकप्टर चढेर बागलुङ सदरमुकाम उडेका थिए । त्यसै दिन उनले एक वक्तव्य मार्फत बामगठवन्धनका साझा उमेदवार खिमविक्रम शाहीलाई मतदान गर्न अनुरोध गरेका थिए । तर उनले पाएको क्लिप निर्वाचन चिन्हमा मतदान गर्न गरिएको अपीलले मंसीर १४ गते हुने मतदानमा राम्रै प्रभाव पार्ने संभावनालाई नकार्न नसकिने चर्चा बुर्तिवाङमा छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !