Sorry, that menu does not exist.
 

अर्यालबन्धु प्रति दरबारको बक्रदृष्टि : बाम गठबन्धनका साझा उमेदवारलाई बिजय गराउनुको बिकल्प छैन – अर्याल

बुर्तिवाङ २०७६ कात्तिक २७ । नेकपा जिल्ला कमिटि बागलुङका सदस्य चन्द्र अर्यालले बाम गठबन्धनका साझा उमेदवार खिमबिक्रम शाहीलाई विजयी गराउनु बाहेक अर्को बिकल्प नभएको बताएका छन् ।

सदस्य अर्यालले आज एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै भनेका छन्, “जीवनको लामो राजनीतिक यात्रामा सबैखाले अवसरवादीहरुलाई परास्त गर्दै अगाडी बढ्नु छ ।” उनले विज्ञप्तीमा, ‘म आफु पार्टी केन्द्र, प्रदेश र जिल्लाको संस्थागत निर्णय भन्दा बाहिर छैन, मेरो पार्टी एवं निर्वाचन परिचालन कमिटीले दिईएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्ध भएर लाग्ने… उल्लेख गरेका छन् ।

बुर्तिवाङ स्थित दरबार होटेलमा गत कात्तिक २५ गते सोमबार आयोजित बाम गठबन्धनको प्रेदश स्तरीय संयुक्त भेलामा भेला आयोजकले आमन्त्रण नगरिएपनि प्रदेश सचिव गोविन्द नेपाली र राजमोका गौरीश्वर पाण्डेले बोलाएर दरबार होटेल पुगेका अर्याललाई नगर प्रमुख देवकुमार नेपालीकी धर्मपत्नी छेला नेपालीले अपमानजनक व्यवहार गरी होटेलमा प्रवेश गर्न नदिएपछि उत्पन्न परिस्थितीलाई मध्यनजर गरी अर्यालले यो प्रेस विज्ञप्ती निकालेको आँकलन गरिएको छ ।

स्वतन्त्र उमेदवारी दिएका शेरमान घर्ती नेकपा नेता तुलसी अर्यालको घरमा बसेको बेला प्रहरी प्रयोग गरी निजहरुलाई ईलाका प्रहरी कार्यालय ल्याई ५ मिनेट भित्रै घर्तीलाई दरबार होटल लगेर हेलिकप्टरमा बागलुङ सदरमुकाम पठाईएको र अर्याललाई साँझ सम्म प्रहरी कार्यालयमै राखेर छोडिएको घटना पनि चर्चाको विषय बनेको छ । घर्तीलाई अर्यालले अपहरण गरी राखेको सम्मका गाईँगुईँ बुर्तिवाङमा चल्यो भने गत सोमबार दरबार होटेलमा भैरहेको नेकपाको भेला (बैठक)मा बोलावट भएर पुगेका चन्द्र अर्याललाई होटलमा प्रवेश गर्न नदिईनुलाई अर्यालबन्धुहरुप्रति नियोजित षडयन्त्रको सुत्रपात मानिएको छ । केहिदिन यता विकसित चुनावी परिदृश्यलाई राजनीतिबृत्तमा अर्यालबन्धुहरु प्रति दरबारको बक्रदृष्टिको रुपमा विश्लेषण गरिएको् छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !