बडीगाड – २ मा नेकपा, नेका, सपाबीच त्रिपक्षीय भीडन्त, राजमोको समर्थन नेकपालाई !

कमल पौडेल, बडीगाड २०७६ कात्तिक २७ । बडिगाड गाउँपालिका वडा नं. २ को अध्यक्षको लागि हुने उपनिर्वाचनको लागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट ढाल प्रसाद शेरचन, नेपाली काग्रेसबाट डिल बहादुर राना र समाजवादी पार्टीबाट हरिलाल रानाको उमेद्वारी परेको छ ।

नेकपाका उमेद्वार शेरचनको प्रस्तावकमा खगिश्वर अर्याल र समर्थकमा राष्ट्रिय जनमोर्चाका प्रेम बहादुर पुन रहेका छन् । त्यस्तै नेपाली काग्रेसका उमेद्वार डिल बहादुर रानाको प्रस्तावकमा होसियारसिंह थापा र समर्थकमा प्रेमलाल अर्याल रहेका छन् भने समाजवादी पार्टीका उमेद्वार हरिलाल रानाको प्रस्तावकमा शिव बहादुर थापा, समर्थकमा खगि राना रहेको निर्वाचन अधिकृत ध्रुव ढकालले जानकारी दिए ।

निर्वाचन कार्यालय बडीगाड गाउँपालिका ५ खार बजारमा आज विहान ११ बजे देखि दिउसो १ बजे सम्म मनोनयन दर्ता गरिएको थियो । उपनिर्वाचनमा बडीगाड गाउँपालिका वडा नं. २ मा १ हजार ७ सय ४२ मतदाता रहेका छन् । वडाध्यक्ष विष्णु प्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएकोले निर्वाचन हुन लागेको हो ।

मनोनयनको समयमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज बलावती शर्मा, तथा नेपाली काग्रेसको तर्फवाट सांसद ज्ञानकुमारी छन्त्याल लगाएतको सहभागिता रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !