कालिका मन्दिर-बराह ताल दौड : पर्यटकीय गन्तब्यको रुपमा चिनाउन महत्वपूर्ण : एसपी भट्ट

कोपीला कंडेल, बागलुङ २०७६ कात्तिक २७ । बागलुङ कालिका भगवती मन्दिर देखी पर्यटकीय क्षेत्र भकुण्डेको बराह ताल सम्मका लागि दौड प्रतियोगिता सम्पन्न भएको छ । बागलुङ कालिका भगवती मन्दिर व्यवस्थापन समिति तथा बराह ताल संरक्षण समिति भकुण्डेको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको हो ।

कालिका भगवती गुुठी देखि सुुरु भएको म्याराथुुनमा प्रतियोगितामा नर बहादुर कार्की प्रथम टिकाराम पङ्गाली व्दितिय र गणेश बहादुुर चन्द तृतिय भएर क्रमश रु ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरेका छन् । त्यस्तै भाले छुुने प्रतियोगितामा भिम बहादुुर थापाले जितेका छन् भने छेलो प्रतियोगितामा विनायक मल्ल विजयी भएका छन् ।

प्रतियोगिताको शुभारम्भ गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले कालिका मन्दिर र बराह ताल लगायत जिल्लालाईनै पर्यटकीय गन्तब्यको रुपमा चिनाउनका लागि यस्ताखाले कार्यक्रम महत्वपुर्ण हुने बताए ।

त्यसैगरी बागलुङ्ग कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले सन २०२० लाई पर्यटन बर्षको रुपमा मनाउने सरकारको उदेश्यलाई सहयोग पुर्याउनका लागि कालिका भगवती गुठीले बिभिन्न कार्यक्रम संचालन गर्दै आएको बताए । प्रतियोगितामा नेपाल प्रहरी सहित १४ जनाले भाग लिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !