नेपाली काँग्रेसको चुनावी प्रचार तिव्र : तीनै पालिकाहरुमा घरदैलो अभियान !

बुर्तिवाङ २०७६ कात्तिक २६ । आगामि मँसिर १४ गते हुने प्रदेश सभासदस्य पदको उपनिर्वाचनको लागी चुनावी प्रचार अभियान तिव्र बनेको छ । उमेदवारहरु आफ्ना नेता कार्यकर्ताहरु सहित चुनावी प्रचार प्रसारमा खटिएका छन् ।

प्रचार अभियानमा नेपाली काँग्रेसले कुनै भेला, आमसभा कार्यक्रम नगरी जनताको घरघरमा पुगेर घरदैलो अभियान सुरु गरेको जनाएको छ । काँग्रेस उमेदवार जीत शेरचन सहितको टोली र अन्य विभिन्न प्रचार प्रसार समुह गठन गरी नेता कार्यकर्ताहरु तिनवटै पालिकाका प्रत्यक वडामा पुगेर जनतालाई मत माग्ने अभियानमा सक्रिय रहेका छन् ।

उमेदवार जित शेरचन सहितको टोलीले मँगलबार निसीखोला गाउँपालिकाको वडा नं.१ देविस्थान र वडा नं.२ काल्नेचौर गाउँमा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ भने ढोरपाटन नगरपालिका वडा नं.२ सिमलचौरमा समेत जनतासँग भेट गरी नेपाली काँग्रेसका उमेदवारलाई मतदान गर्न अपिल गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !