निसी अर्नाकोटमा आगलागीबाट ८० वर्षिया बृद्धाको घर खरानी, बस्न खानको समस्या !

बुर्तिवाङ २०७६ कात्तिक २६ । निसीखोला २ अर्नाकोट देउरालीमा एक घरमा आगोलागि हुँदा घर सहित घरमा राखिएको लत्ता कपडा अन्नपात सबै जलेर नस्ट भएको छ । स्थानीय ८० बर्षिया नरमती बिकको एकतले खरको घर आगोले जलेको हो । साँझ करिब ६ बजेको समयमा अचानक घरमा आगो दन्किएपछि स्थानीयले नियन्त्रणमा ल्याउने प्रयास गर्दा गर्दै घर पूर्णरुपमा जलेर खरानी भएको अर्नाकोट आधारभुत विद्यालय देउरालीका प्रअ बेगबहादुर कुवँरले ईबागलुङलाई बताए ।

प्रअ कुवरका अनुसार बृद्ध नरमती बिक घरमा एक्लै बस्दै आएको र घर सहित लत्ता कपडा ,अन्नपात पूर्ण रुपमा नष्ट हुँदा खान बस्नका निम्ती समस्या भएको छ ।
आगलागी कसरी भयो भन्ने कारण बारे अझै नखुलेको बताइएको छ । आगो करिब पौने सात बजेमात्रै स्थानीयले नियन्त्रणमा लिएका छन् । आगालगिबाट करिब ५ लाख बराबरको क्षेत्रीभएको आँकलन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !