दोश्रो घुम्टे महोत्सव बारे पत्रकार भेटघाट सम्पन्न : महोत्सवमा सहभागी हुन आयोजकले दिए चुल्हे निम्तो !

मित्रलाल खरेल, गल्कोट २०७६ कात्तिक २६ । जिल्लाको केन्द्रविन्दु रहेको गल्कोट नगरपालिकामा रहेको घुम्टे पर्यटन विकास केन्द्रको अगुवाईमा आगामी मंसिर ४ गते देखी ११ गते सम्म आयोजनाा गर्न लागिएको दोश्रो घुम्टे महोत्सव २०७६ बारे जानकारी दिन र यसलाई भव्यरुपमा सफल पार्न सोमबार हटियामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

घुम्टेको आसपासमा रहेका गल्कोट नगरपालिका, ताराखोला र बडीगाड गाउपालिका भित्ररहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, यस क्षेत्रमा रहेका ऐतिहासिक स्थल, कला सँस्कृति एवं सँस्कारहरुको संरक्षण लगायत यस भागमा पाईने एक सय बढी जडीबुटी संकलन गरी यसको संरक्षणमा टेवा पुराउन, स्थानीयरुपमा रहेका प्रतिभाहरुलाई जागरुक गराउन यस दोश्रो घुम्टे महोत्सव २०७६ ले महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्था घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले बताए ।्

महोत्सवबाट करीब डेढ करोड रकम संकलन गरी घुम्टे आसपामा रहेका पर्यटकीय स्थलहरुलाई सूचिकृत गरी गुरुयोजना निर्माण गर्ने कार्यमा खर्च गर्ने पत्रकार भेटघाटका अवसरमा जानकारी गरााईएको थियो । हालसम्म झण्डै १ करोड रकम संकलन भैसकेको र स्वदेश तथा विदेशकाा विभिन्न स्थानहरुमा रहेका र गल्कोटलाई मायाँ गरिहने गल्कोटवासीहरुसंग सम्पर्क भैरहेको महोत्सवकी कोषाध्यक्ष मन्ज शर्मा चालिसेले जानकारी दिईन् ।

दोश्रो घुम्टे महोत्सवले ताराखोलाले आयोजना गर्न लागेको ताराखोला भ्रमण वर्षलाई टेवा पुग्ने साथै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई आन्तरिक एवं बाह्या पर्यटकहरुलाई गल्कोटमा भित्राउन सफल बनउन समेत यस घुम्टे महोत्सवको महत्वपूर्ण भूमिका रहने बरिष्ठ उपाध्यक्ष राजबहादुर थापाले बताए ।

पहिलो घुम्टे महोत्सव २०६३ सालमा गरिएको थियो । १३ वर्ष पश्चात आयोजना गर्न लागिएको दोश्रो घुम्टे महोत्सवमा सहभागी हुन सबैमा चुल्हे निम्तो गरिएको आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !