बुर्तिबाङ मालपोतमा जम्मा ३ जना कर्मचारी, ईन्टरनेटसेवा सुस्त, सेवाग्राही मर्कामा !

छविलाल पाण्ड,े बुर्तिबाङ २०७६ कात्तिक २५ । मालपोत कार्यालयबाट प्रभाबकारी काम नभएको भन्दै सेवाग्राहीले गुनासो गर्न थालेका छन् । कर्मचारी अभाब, इन्टरनेट समस्या जस्ता विषयलाई लिएर आफनो समयमा कर्मचारीले काम नगरीदिएर दुख दिइरहेको ढोरपाटन नगरपालिका ८ बोबाङका सबहादुर बिकले बताए । गत पाँचदिन देखि निरन्तर जग्गा पास गर्न भनी दैनिक धाइरहेपनी आफनो काम अझै फत्ते नभएको उनको गुनासो छ ।

बोबाङकै स्थानीय चन्द्रलाल बिक पनी बिहान १० बजेनै दाजुभाई विच जग्गा सट्टा पट्टा गर्ने भनी परिवार सहित मालपोतमा आएर साझ ५ बजेसम्म मालपोत कार्यालयमा बस्दा समेत पालो आएन । दैनिक आउजाउ गर्ने खर्च छैन् । बजार बसौ भने कतिदिन बस्नु तिनचार जना बजारमा बस्दा खर्चनै धेरै हुन्छ । आफनै गाउघरमा सेवा सुविधा आयो भनेको त झनै दुख पाईयो बिकले आफ्नो दुखेसो सुनाए ।

आज ४ बजेतिर मालपोत कार्यालय हेर्दा २० जना बढी सेवाग्राही आफ्नो काम हुन्छ की भन्दै प्रतिक्षामा बसिरहेका थिए । आजपनी काम हुने अवस्था त्यहाँ देखिदैन थियो । मालपोत कार्यालयका प्रमुख सूर्य प्रसाद शर्माले कार्यालयमै रहेपनी आफुले जनताको समस्या अनुसार काम गर्न नसकिरहेको बताए ।

‘१२ जनाको दरबन्दी रहेपनी जम्मा ३ जना कर्मचारी छौँ । एक त कर्मचारी समस्या भया,अर्को तर्फ भुमि अभिलेख राख्नका निम्ती मालपोत कार्यालयमा केहि महिनादेखि इन्टरनेट प्रणाली जोडिएपछि दिनमा दुई चारवटा भन्दा बढि काम नहुने गरेकोले समस्या आएको प्रमुख शर्माको भनाई थियोे । स्मरणीय छ, गत २०७६ साल भदौ २३ गते सोमबार देखी बुर्तिवाङ मालपोत कार्यालयमा अनलाईन भुमि अभिलेख प्रणाली सुरु भएको थियो ।

कर्मचारीले नयाँ प्रविधिको इन्टरनेट सेवा राम्रो सँग प्रयोग गर्न नसक्ने र त्यसकै कारण ढीला हुने गरेको छ भने अर्काे इन्टरनेट सेवा सुस्त हुँदा समयमा काम नहुने गरेको कार्यालय प्रमुख शर्माले बताए ।

म आफैले राम्रो सँग इन्टरनेट सेवा सञ्चालन गर्न जान्दिन अर्को तर्फ इन्टरनेटको गति सुस्त हुँदा समेत समयमा काम नभएको स्वीकार गरे ।
बजारमा तिनचार थरीका इन्टरनेट सेवा छन्, तर मालपोत कार्यालय जस्तो सँस्थाले दुई चार हजार रुपैयाँ खर्च गरेर बैकल्पिक इन्टरनेट सेवा जडान गर्न समेत सकेको छैन । ढोरपाटन नगरपालिकालाई इन्टरनेट जडान गर्ने खर्च माग्ने निवेदनको खेश्रा देखाउँदै प्रमुख .शर्माले भने ।

शर्माले भने समयमा काम हुन सकेको छैन । पचास बढी सेवाग्राहीको फाईल चाङमा छन् । यस्तै गरेर चलिराखेको छ दरबन्दी अनुसारको कर्मचारी नहुँदा र इन्टरनेट सेवा प्रभाबकारी नहुँदा इन्रनेट प्रयोग गर्ने दक्ष कर्मचारी नहुन्जेल यो समस्या यस्तै रहन्छ प्रमुख शर्माको भनाई थियो ।

यसरी समयमा काम नहुँदा सेवाग्राहीले निरन्तर सास्ती खेप्दै आएका छन् । जनताबाट जग्गा कारोबार बापत दैनिक हजारौँ राजश्व सँकलन गर्ने सँस्थाको फितलो व्यवस्थापनले पश्चिम बागलुङका जनताले कहिले सम्म दुख पाउने हुन यस बिषयमा राज्यको चाँडो ध्यान जान जरुरी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !