पार्टी मिटिङमा भागलिन दरबार होटेल पुगेका अर्याल माथी मेयर पत्नीव्दारा हातपात !

बुर्तिवाङ २०७६ कात्तिक २५ । आसन्न उपनिर्वाचनलाई लिएर बुर्तिवाङ स्थित दरबार होटेलमा नेकपाका जिल्ला ईन्चार्ज बलावती शर्मा, प्रतिनिधीसभा सदस्य मना केसी, नेकपा जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटा, प्रदेश सचिव गोविन्द बहादुर नेपाली, जिल्ला सचिव ज्ञामनाथ गैरे, ढोनपाका नगरप्रमुख देवकुमार नेपाली, राजमो जिल्ला अध्यक्ष अमर थापा, राजमो सदस्य गौरीश्वर पाण्डे समेतको उपस्थितिमा जारी बैठकमा भाग लिन गएका नेकपाका जिल्ला सदस्य चन्द्र अर्याललाई दरबार होटेलको प्रवेश व्दारमा श्रीमती छेला नेपालीले अभद्र व्यवहार सहित हातपात गरेकी छन् ।

प्रदेश सचिव गोविन्त बहादुर नेपाली र राजमो जिल्ला सदस्य गौरीश्वर पाण्डेले बैठकमा आउन भनेर बोलाएपछी अर्याल वीरबहादुर बिक सहित दरबार होटल पुगेका थिए । दरबार होटलको व्दारमा रहेकी नगरप्रमुख देवकुमार नेपालीकी श्रीमती छेला नेपालीले मेयर साबले माथी आउन नदिनु भन्नु भएको छ भन्दै घुच्चाउदै छातीमा मुक्का हानेको अर्यालले ईबागलुङलाई बताए ।

दिउँसो २.३० बजेको समयमा होटेलमा पुग्दा छेला नेपालीले गाली बेईज्जतीमात्र नगरेर छातीमा मुक्का प्रहार समेत गरिन, अर्यालले भने मलाई बैठकमा आउन भनेर नेताहरुले बोलाएर आएको हुँ भन्दा पनि नेपालीले अति अभद्रतापूर्व ममाथी जाईलागिन् । एक महिला त्यस्मा पनि नगरप्रमुख नेपालीकी अर्धाँगिनी छेला नेपालीको यस्तो निकृष्ट हर्कत अति निन्दनीय भएको अर्यालको आरोप छ । अर्याललेले आफुमाथी भएको हातपात र अभद्रव्यवहार बारे दरबार होटेलमा रहेका पार्टी नेताहरु सबैलाई जानकारी गराएको पनि बताए ।

अर्याल नेकपा जिल्ला कमिटी सदस्य हुन भने पूर्व माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य तथा ढोरपाटन नगरकमिटीको पूर्व अध्यक्ष समेत हुन् । उनी उपनिर्वाचनमा नेकपाको समर्थनमा उठेका राजमोका खिमबिक्रम शाहीले मनोनयन पत्र दाखिल गर्ने समयमा बागलुङ सदरमुकाममा समेत गएका थिए ।

अर्यालले बुर्तिवाङमा नेकपा जनताको पार्टी रहेन, नवधनाड्य, व्यापारी व्यवसायीहरुको पार्टी बनेकोमा चिन्ता व्यक्त गर्दै पार्टी एक होटेलमा केन्द्रित हुन पुगेका खुलासा गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !