खारबजारमा हुने यस वर्षको न्वागी मेलामा रु. १०२ हजार पुरस्कार राशीको भलिबल प्रतियोगिता !

कमल पौडेल, बडीगाड २०७६ कात्तिक २५ । पौँदीवासीहरुको पहिचान, न्वागी मेलाको संरक्षण र सम्मान भन्ने नारा सहित यस वर्ष पनि ग्वालीचौरको खार वजारमा पौंँदी न्वागी मेला २०७६ को आयोजना हुँदै छ ।

आगमी २०७६ मंसिर १ गते देखि ६ गते सम्म चल्ने मेलामा खुल्ला पुरुष भलिवल, खुल्ला साँस्कृतिक कार्यक्रम, खुल्ला एकल रेकर्ड नृत्य, खुल्ला दोहोरी गीत, महिलाहरुको म्यूजिकल चेयर रेश, शैक्षिक प्रदर्शनी, खुल्ला वडा स्तरीय पुरुष लुठो तान, खुल्ला सरायँ नृत्य प्रतियोगिताहरुका साथै कृषि प्रदर्शनी, रमाइलो मेला, सर्कस पीङ लगाएतका कार्यक्रम आयोजना गरिएको छ । पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यस क्षेत्रकै सर्वाधिक रु १ लाख २ हजार २ सय २२ राशी पुरस्कार रहेको खुल्ला पुरुष भलिवल प्रतियोगीता मेलाको आकर्षण रहने विश्वास गरिएको छ । जसको उपविजेताले रु ६६ हजार ६ सय ६६ हात पार्ने छ ।

गुल्मी र बागलुङमा फैलिएको तत्कालीन इस्मा राज्य अन्तरगतको पौंदी क्षेत्रका वासिन्दाले मंसिर १ लाई नयाँ चामल खाने (न्वागी खाने) दिनको रुपमा मनाउने गर्दछन् । यसै दिनलाई मुख्य मानेर वर्षौं देखि खार वजारमा मेला लाग्दै आएको छ । यस वर्षको मेलाको उद्घाटन बागलुङ क्षेत्र नं. २ का संघिय साँसद देवेन्द्र पौडेलले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
फाईल तस्वीर ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !