कोपीला कंडेल, बागलुङ २०७६ कात्तिक २५ । गण्डकी प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको नेतृत्वमा आईतबार बागलुङ बजारका होटल तथा पसलहरुको अनुगमन गरिएको छ ।
निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेल सहित बागलुङ स्थित घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय खाद्य तथा गुण नियन्त्रण कार्यालय, उद्योग बाणिज्य सघं राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार लगायतको टोलीले बजारका एक दर्जन बढी बिभिन्न होटल तथा पसलहरुको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा म्याद गुज्रेका तथा गुणस्तरहन सामग्रीहरु फेला परेकाले व्यापारीलाई सेचत गराएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गोमादेवी शर्माले जानकारी दिँईन् । अनुगमनका क्रममा फेला परेका गुणस्तरहीन सामग्रीको बेचबिखन नगर्न तथा गुुणस्तर कायम गर्न सचेत गराइएको थियो ।
प्रदेश सरकारले पहिलो पटक सचेत गराएको बताउदै पटक पटक यस्ताखाले कमीकमजोरी फेला परेमा कारबाही हुने निर्देशक पौडेलले चेतावनी दिएका थिए ।
अनुगमनकाक्रममा खुद्रा पसलहरुमा नियम विपरित सुर्तीजन्य पदार्थको खुलेआम बिक्रिवितरण भएको पाईएकाले नियम सम्मत रुपमा संचालन गर्न टोलीले सझाव दिएको थियो । सुर्तीजन्य पदार्थ अन्य सामग्री संग मिसाएर बिक्रिवितरण गर्न नपाईने, त्यसको लागि छुट्टै दर्ता गर्नुपर्ने व्यवस्था छ ।