टोकियो जापान, २०७६ कात्तिक २५ । अन्तराष्ट्रीय नेपाली साहित्य समाज (अनेसास)जापानको छैठौँ कार्यसमितिको वैठक आइतबार टोकियोमा सम्पन्न भयो । महाकवि लक्ष्मी प्रसाद देवकोटा प्रति श्रद्धा सुमन अर्पण गरी शुरु भएको वैठकमा जापान भ्रमणमा रहेका अनेसास अष्ट्रेलिया ९पार्थ० च्याप्टर अध्यक्ष निरज क्षेत्रीलाई सम्मान गरिएको थियो ।
बैठकले अनेसास जापानको आगामी ११औँ अधिवेशन आउँदो डिसेम्वर १ तारिखमा टोकियोमा गर्ने र अनेसासको तेस्रो अन्तराष्ट्रिय च्याप्टर सम्मेलन २०२० जनवरी १०, ११ र १२मा गर्ने निर्णय गरेको आर्थिक संयोजक तथा समितीका उपाध्यक्ष श्रवण सत्यालले बताए ।
अनेसास जापान च्याप्टरको ११औँ अधिवेशनलाई साहित्य समाज भित्रको उदाहरणीय र सौहार्दपूर्ण बातावरणमा सम्पन्न गर्न अनेसास जापानका संरक्षक बेलुकाजी थापाको संयोजकत्वमा पूर्व अध्यक्षहरु रहेको निर्वाचन कमिटीको समेत गठन गरिएको बताएको छ ।
बिश्वभरबाट नेपाली साहित्यकारहरुको बाक्लो उपस्थिती रहने अनेसासको तेस्रो सम्मेलनमा उपस्थित हुन सम्पूर्ण आजीवन सदस्यहरुका साथै साहित्य प्रेमी महानुभावहरूलाई अनुरोध गरिएको साहित्य समाज जापानका अध्यक्ष दीप पाठकले जानकारी दिए।