तमानखोला गाउँपालिकाद्वारा सोमबार देखि ग्रामिण सडकमा भाडादर समायोजन !

छविलाल पाण्डे तमान २०७६ कात्तिक २४ । तमानखोला गाउँपालिकाले आइतबारदेखि ग्रामिण सडकमा भाडादर समायोजन गर्ने निर्णय गरेको छ । सडक सञ्जालले बुर्तिबाङ देखि बोङगादोभान कालोपत्रेको तयारीमा रहेको छ । अन्य ग्रामिण सडक समेत मर्मत भएपछि गाउँपालिकाले साविक लिँदै आएको भाडादरलाई कम गर्ने निर्णय गरेको हो ।

यातायात व्यबसायी र जनप्रतिनीध, कर्मचारी विच भएको बैठकबाट सोमबारदेखि लागुहुने गरी भाडा दर समायोजन भएको हो । जसमा बुर्तिबाङ–बोङगादोभान पहिले २ सय रुपैयाँ रहेकोमा अवदेखि १ सय ५० रुपैयाँ कायम हुने भएको छ । त्यस्तै बुर्तिबाङ –बोङगाखानी २ सय ५०, बुर्तिबाङ –लामाचौर , पहिराका लागि रु ३ सय बुर्तिबाङ –बेँसी २ सय बुर्तिबाङ – भयरबोङघाका लागि २ सय ५० बुर्तिबाङ –हिजा २ सय, बुर्तिबाङ – स्याउला, सोमर सडकमा २ सय ५० र बुर्तिबाङ – भिगोसका लागि रु ३ सय रुपैयाँ भाडादर निर्धारण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

यसरी पहिले लिने भाडादरमा प्रत्यक क्षेत्रमा पचास रुपैयाँका दरले समायोजन गरीएको छ । उक्त बैठकमा चालकले अनिवार्य लाईसेन्स विलबुक लिनुपर्ने, सवारी चलाउँदा मादक पर्दाथ सेवन गर्न नपाईने लगाएत निर्णय भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !