बिद्रोही उमेदवार घर्तीव्दारा राजमो उमेदवार शाहीलाई मतदान गर्न अपील !

बागलुङ २०७६ कात्तिक २४ । नेकपाका बिद्रोही उमेदवार शेरमान घर्तीमगरले नेकपाको समर्थनमा उमेदवार बनेका राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने विज्ञप्ती निकालेका छन् ।
उनले विज्ञप्तीमा कारणबश उमेदवारी फिर्ता लिने समय सकिएकोले साझा बामपन्थी उमेदवारका रुपमा रहनु भएका खिमबिक्रम शाहीको पक्षमा पूर्ण समर्थन गर्दै मेरो स्वतन्त्रता उमेदवारी नरहेको व्यहोरा जानकारी गराउन चाहन्छु भनेका छन् । उनले गिलास चिन्हमा मतदान गरी विजयी गराउन अपिल समेत गरेका छन् ।

बिद्रोही उमेदवार बनेका घर्ती दिउसो १ बजेर ४ मिनेट जाँदा बुर्तिवाङमा हेलिकप्टर चढेर १ बजेर १२ मिनेट तिर बागलुङ सदर मुकाम आई पुगका थिए, त्यतिबेला उमेदवारी फिर्तालिन समय गुज्रिसकेको थियो । त्यसैकारण उनले यो प्रेस विज्ञप्ती निकालेको उनी निकट श्रोतले बतायो ।

यसैवीच नेकपा नेता तुलसी अर्याल ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट केहि समय पहिले घरमा फर्किएका छन् । प्रहरीले आफुलाई विना कारण विनापूर्जी प्रहरी कार्यालयमा राखी घरमा जान नदिएको भनी बिरोध जनाएका थिए ।

आवरण तस्वीर- बुर्तिवाङबाट हेलिकप्टर चढी बागलुङ सदरमुकाम आउदै शेरमान घर्ती ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !