७ वर्षिया बालिकालाई बलत्कारको कसुरमा १२ वर्षिय वालकलाई ६ महिना कैद !

महेन्द्र केसी, पर्वत २०७६ कात्तिक २४ । सात वर्षिया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले १२ वर्षिय बालकलाई ६ महिना कैद र २० हजार जरिवानाको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वालकलाई ६ महीना कैद सहित २० हजार रुपैयाँ क्षतीपुर्ती दिनुपर्ने फैसला गरेको हो ।

पर्वत अदालतका तहसिलदार मातृका रिजालका अनुसार पीडितालाई २०७६ जेष्ठ १६ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले ऐ जेष्ठ १७ गते जिल्ला प्रहरी कार्यलय पर्वतमा उजुरी दिएका थिए । आरोपितलाई अदालतले जेठ २९ मा पूर्वपक्षका लागि बाल सुधार गृह पोखरामा पठाएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !