प्रवास : कतार नेपाली एकता समाजद्वारा अमृत आचार्यललाई आर्थिक सहयोग !

उद्धव मगर, दोहा कतार २०७६ कात्तिक २४ । मिति २०१९/११/०८ का दिन कतार नेपाली समाजले जनताका गायक जीवन शर्माको छोरा अमृत आचार्यको उपचारको लागी कतारमा चलाएको आर्थिक अभियानको अन्तिम रुप दिंदै सोही दिन विरामीको दाजु अर्जुन आचार्यको नाममा नेपाली रु. एक लाख छपन्न हजार एकसय छयासी (रु १,५६,१८६.०० ) कतारको हिमालय बैंक मार्फत नेपाल पठाएको कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाइवाले ईबागलुङलाई जानकारी गराएका छन् ।

साथै यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी दाजुभाई तथा दिदी बहिनीलाई कतार नेपाली एकता समाजको तर्फबाट र स्वयं व्यक्तिगत तर्फबाट धन्यावाद दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !