केहि नजिक आउ, अब त रात पनि छिप्पिनै आँट्यो…

केहि नजिक आउ अब त रात पनि छिप्पिनै आँट्यो,
प्रेम रस मिसाउ अब त रात पनि छिप्पिनै आँट्यो,
लेऊ पिरतीको बुटी घोटी, ताण्डब मच्चाउनु पर्छ,
अलिकति पिलाउ अब त रात पनि छिप्पिनै आँट्यो ।
***
सहपाठीको चाहरामा छत खोज्ने तिमी,
प्यास मेट्न अपरिचितको मद्धत खोज्ने तिमी,
अधिकारको नाउँमा कानुनको धज्जी उडाउँदै,
दोष ढाकछोपको लागी अड्डा अदालत खोज्ने तिमी,
***
घटना स्थल साम्य थियो,
यातनाको डोब निलाम्य थियो,
कस्को करामत हो अर्धचेतमा थिएँ,
होसमा आउँदा रक्ताम्य थियो ।
***
खुसी बढाउँदै थिए, पिडा घटाउँदै थिए,
कोही चिसो छिंडीमा रात कटाउँदै थिए,
यौवनको प्यासले तिर्खाए जस्तै गरी,
जहाँ एक जोर प्रेमी छटपटाउँदै थिए ।

राजेन्द्र ढकाल
धौलागिरी एफएम, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *