कान्छीबजारमा, देविस्थान बहुउदेश्यिय सहकारी सँस्थाको बाह्रौँ साधारण सभा सम्पन्न !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ कात्तिक २३ । देविस्थान बहुउदेश्यिय सहकारी सँस्था लिमिटेडको बाह्रौँ साधारण सभा शनिबार सम्पन्न भएको छ । कान्छीबजार स्थित संस्थाको कार्यालयमा सञ्चालित कार्यक्रमको प्रमुख अतिथी तथा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले सहकारी समाज रुपान्तरणको मुख्य सम्बाहक भएको र त्यसको व्यवस्थापन र जनहित हुने सञ्चालनमा ल्याउने दायित्व सञ्चालक समिती र सेयर सदस्यको रहेको बताए ।

अर्थनीतिको महत्वपूर्ण खम्बाको रुपमा लिइएको सहकारी सँस्था पछिल्लो समय व्यवस्थापन प्रकृयामा कहिँकतै कमी कमजोरी समेत हुने गरेका कारण देविस्थान बहुउदेश्यिय सहकारीले निसीखोला जस्तो क्षेत्रमा धेरै चुनौतीका साथ सञ्चालमा रहेर सेयर सदस्यलाई सेवा प्रवाह गरेकोमा धन्यबाद ज्ञापन गर्दै जनताको पैसालाई चुस्त दुरुस्त र सेवामुखी रहने गरी परिचालन गर्न समेत सुझाब दिए ।

उनले सहकराीलाई व्यवस्थापकीय क्षेत्रमा चुस्त दुरुस्त बनाएमा गाउँपालिकाले समेत हातेमालो गर्दे अगाडी बढ्ने बताए ।

कार्यक्रमा निसीखोला गाउँपालिका उपाध्यक्ष शोभाकुमारी कार्की ,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य, वडा नंं. २ का अध्यक्ष कुविर बिक, सहकारी अभियन्ता दर्वलकाजी राजभण्डारी, सँस्थाका सञ्चालक समिती पदाधिकारीको आतिथ्यता एवम् मन्तव्य रहेको कार्यक्रममा भवन निर्माण जग्गादाता, विभिन्न उपसमिती पदाधिकारी, कर्मचारी, सेयर सदस्यको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहकारीले यस आर्थिक बर्षमा कारोबार ६ करोड, ९३ लाख २२ हजार ८ सय ५२, सेयर पुँजी १ करोड २२ लाख ४९ हजार, निक्षेप सँकलन २ करोड ५ लाख, ५ हजार, ६३ रुपैयाँ, आव २०७६/७७ मा कुल आम्दानी ६७ लाख ९१ ह्जार ३ सय खर्च ५२ लाख ८१ ह्जार, ४ सय ७०, मुनाफा १५ लाख ९ हजार ८ सय २९ रुपैयाँ रहेको लेखा सदस्य टँकलाल उपाध्ययको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीले आफनै एकतले पक्की भवन निर्माण गरीसकेको छ ।

निसीखोला, ढोरपाटन नगरपालिका कार्यक्षेत्र रहेको सहकारीमा २ सय ३ जना सेयर धनी रहेका छन् । सहकारीले साधारण सभाको अवसरमा एसईई परिक्षामा उत्कृष्ट अँक ल्याउने सेयरधनीका छोराछोरीलाई पुरस्कृत, सेयर सदस्यको मृत्यु हुँदा ५ हजार र सदस्यको परिवारको सदस्य मृत्युमा २ हजार पाँच सय, सँस्थाको हितमा काम गर्ने सञ्चालक समिती, सेयर सदस्य सम्मान गर्नुका कृर्षि क्षेत्रमा बढि ऋण लगानी गर्ने निर्णय समते भएको छ ।

साथै आव २०७७÷७ मा ६ सय सेयर सदस्य पुर्याउने लक्ष्य समेत लिइएको बताइएको छ ।

शिक्षा समिती, लगाएत विभिन्न उपसमिती व्दारा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । कार्यक्रम सँस्थाका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षता, युवराज शर्माको स्वागत, सचिव ओमलाल केसी र सुन्दर बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !