८ वर्षिया रोशनीलाई ब्रेनट्यूमर, उपचारका लागी आर्थिक अभाव, सबैमा सहयोगको अपील !

सुरेश छन्त्याल, पाण्डबखानी २०७६ कात्तिक २३ । गल्कोट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालायमा कक्षा( ३ मा अध्यनरत बर्ष ८ की रोशनी घर्ती मगर ब्रेन ट्युमर रोग लागी काठमाडौ टिचिङ हस्पिटलमा उपचार भैरहेको छ

म्याग्दी जिल्ला मङ्गला गाउपालिका वडा नस्३ बरंजा निवासी स्वर्गीय बुबा बिपिन घर्ती आमा शनिसा घर्ती मगरकी ठुली छोरी रोशनीको उनको टाउकोको अप्रेसन गर्न निकै रकम आवश्यक पर्ने र घरको आर्थिक अवस्था कमजोर भएकोले परिवारजनले सबै संग सहयोगको अपील गरेका छन् ।

यसैवीच रोशनी घर्ती मगरको थप उपचारमा सहयोग पुगोर भन्ने उदेश्यले पाण्डबखानी माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानसिहं छ्न्त्यालबाट रु १०,०००। पाण्डबखानी माध्यमिक विद्यालयका सम्पुर्ण शिक्षकर शिक्षिकाबाट रु १७,००० र पाण्डबखानी माध्यमिक विद्यालयका सम्पुर्ण विद्यार्थी भाई बहिनीहरुबाट रु ९,०२५ । गरि जम्मा रकम रु ३६,०२५ प्राप्त भएको छ ।

त्यस्तै रोशनीको उपचारका लागि विशेषगरी स्वदेश तथा विदेशबाट पनि सहयोगदाताहरुबाट सक्दो सहयोग प्राप्त हुने घरपरिवारले आशा एवं विश्वास व्यक्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !