सत्यवती मेला तथा सास्कृतिक सम्मेलन सुरु,हाजिरीजवाफ प्रतियोगितामा पुरुषोदय मावि प्रथम !

केशवराज क्षेत्री,गुल्मी २०७६ कार्तिक २३ । कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ हिलेमा अवस्थित संघर्ष युवा क्लबको आयोजना सत्यवती आमा समुहको सहआयोजनामा सत्यवती मेला तथा सास्कृतिक सम्मेलन शुक्रबार बाट सुचारू भएको छ ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लोक प्रताप शाहले क्लबको मुल ब्यानर खोलेर कार्यक्रमको उद्घाटन गरेका हुन। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शाहले सस्कृती र सम्पदाको संरक्षण गर्दै ग्रामीण पर्यटनको विकास गर्ने ध्ययले क्लबले सन्चालनमा लिएका कार्यक्रमहरु महत्त्वपूर्ण रहेको बताए । शाहले अन्य क्लबहरुले पनि सस्कृती संरक्षण गर्ने खालका कार्यक्रम गर्न यस क्लबबाट सिक्नुपर्ने समेत उल्लेख गरेका थिए ।

त्यस्तै क्लबले कार्यक्रमको पहिलो दिन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । जसमा पुरुषोदय मावी बराहकोट बागलुङ प्रथम, आयोजक द्वितीय र धुल्लुलिउवा मावी लिउवा बागलुङ तृतीय भए । बिजेता प्रथम, द्वितीय र तृतियलाई क्रमशः १० हजार,७ हजार,४ हजार नगद पुरस्कार रहेको आयोजकले बताएको छ ।

कार्यक्रमका सम्योजक पदम थापाद्वारा भलिबल सर्भिस गरेर भलिबल खेलको पनि सुरुवात भएको छ । आयोजक र सृजना युवा क्लब बिच भएको उद्घाटन खेलमा सृजना युवाक्लब बिजेता भएको क्लबका सचिव डोलबहादुर पुनले बताए ।

यहि २६ गते सम्म सन्चालन हुने कार्यक्रममा ब्याडमिन्टन, भुपुभलिबल , महिला भलिबल, भजन, घाटु नाच,मारुनी नाच,सराय नाच,झाकी, लाखे नाच,नौमती बाजा, सालैजो,सोरठी नाच हुने क्लबका अध्यक्ष लेखान्त पुनले बताए ।

२६ गते भिकुम पुर्णिमाको दिन सत्यवती मन्दिरमा पुजाआजाहुने र भक्तजनको भिड लाग्ने गर्द्छ आफुले चाहेको पूरा हुने भन्दै टाढा टाढा बाट भक्तजनहरु आउने गर्दछन त्यसैले मन्दिर संरक्षण र पर्यटनको लागि समेत क्लबले सधैंका वर्ष सास्कृतिक कार्यक्रमहरु गर्दै आइरहेको क्लबका अध्यक्ष पुनले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !