जीत शेरचनलाई विजयी गराउन एक ढिक्का भएर जुट्न काँग्रेस नेताको कार्यकर्तालाई आग्रह !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ कात्तिक २२ । आगामि मँसिर १४ गते हुने प्रदेश सभा उपनिर्वाचनका निम्ती बागलुङ प्रदेश २ ख मा चुनावी माहोल बढेको छ । बिहिबार मनोनयन दर्ता भएसँगै दलहरु चुनाबी प्रचार प्रसारमा जुटेका छन् ।

यसै सिलसिलामा नेपाली काँग्रेसले बुर्तिबाङमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सभा सभापती नरजँग घर्तिको संयोजकत्वमा १ हजार १ सदस्य निर्वाचन परिचालन मुल समिती गठन गरेको छ । समितीको सदस्यमा सँघिय साँसद ज्ञानकुमारी छन्त्याल, क्षेत्रीय सभापती दोर्णकमुार कुवँर लगाएत नेता कार्यक्रता रहेका छन् ।

निर्वाचनको पूर्ण तयारी सहित आफना उमेदवारलाई जिताउने अभियान स्वरुप अन्य विभिन्न समितीको समेत गठन गरिएको र मेषलाल शर्माको संयोजकत्वमा ७ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिईएको छ ।

यसैगरी सिँह बहादुर रानाको संयोजकत्वमा ३ सदस्यीय अन्तरसमन्वय तथा परिचालन समिती, नेपाल महिला सँघ क्षेत्रीय सभापती लिलमाया पुनको संयोजकत्वमा ८ सदस्यीय महिला सचिवालय निर्वाचन परिचालन समिती गठन गरिएको पनि जानकारी दिईएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका उमेद्वार जित शेरचन, सँघिय साँसद ज्ञानकुमारी छन्त्याल, क्षेत्रीय सभापती दोर्णकुमार कुवँर, जिल्ला सदस्य गण्डकी थापा अधिकारी, पुर्व महाधिवेशन प्रतिनिधी अर्जुन शेरचन, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा लगाएतले मन्तव्य राख्दै नेपाली काँग्रेस पार्टीको जित सुनिश्चत रहेको बताएका थिए ।

पश्चिम बागलुङका जनताको हक अधिकार र विकासका निम्ती नेपाली काँग्रेसका उमेदवारको जित अनिवार्य रहेको स्मरण गर्दे उनिहरुले पार्टी पँक्तिमा एक ढिक्का भएर लाग्नुपर्ने बताउँदै सबैले आ –आफनो क्षेत्रबाट चुनाबी अभियानमा सहयोग पुर्याउन नेता कायकर्तालाई आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !