ढोरपाटनका भण्डारी बागलुङ, पर्वत, म्याग्दी पछि गोरखामा पक्राउ !

बागलुङ २०७६ कात्तिक २२ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी चन्दका जिल्ला नेता ढोरपाटन नगरपालिका ६ का महेन्द्र भण्डारीलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला सदस्य भण्डारीलाई गत भदौ महिनामा जिल्ला प्रहरी कार्यालय बागलुङले सार्वजनिक हित बिरुद्धको अपराधमा पक्राउ गरी करीब २५ दिन नियन्त्रण लिएर अनुसन्धान पछी रिहा गरेको थियो ।

प्रहरी श्रोतका अनुसार बागलुङ प्रहरीले रिहा गरै लगत्तै भण्डारीलाइै जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको थियो । पर्वत प्रहरीले भण्डारीलाई रिहा गरे लगत्तै म्याग्दी प्रहरीले नियन्त्रणमा लिएको थियो । म्याग्दी प्रहरीले भण्डारीलाई रिहा गरे पछी शुक्रबार गोरखा पुराईएको श्रोतको दावी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !