पाण्डवखानीमा आगलागी, २ लाख बराबरको क्षेती !

सुरेश छन्त्याल, गल्कोट २०७३ पुस २४ । पाण्डवखानी गविसमा आज विहान आगलागी हुँदा एक घर र एक गोठ खरानी भएको छ ।

आगलागी हुँदा पाण्डवखानी गाविस- ४ को जुगेपाटाका धनबहादुर रानाको घरगोठ नष्ट भएको हो । आज विहान सवा ६ बजेको समयमा गाईवस्तुलाई खुवाउने पानी तताउने क्रममा एक्कासी आगलागी हुँदा रानाको घर र गोठ जलेर नष्ट भएको हो ।

आगलागी बाट मानवीय क्षेती नभएपनि दुईटा बाख्रा, गाईबस्तुलाई खुवाउन राखिएको पराल, दाउरा जलेर खरानी भएको स्थानीयले बताएका छन् । हरिचौरबाट प्रहरी घटनास्थल तिर गैरहेको समाचार प्राप्त भएको छ । आगलागीबाट करीब २ लाख बराबरको धनमाल नष्ट भएको स्थानीयको अनुमान छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *