उपनिर्वाचनमा भएको नेकपा/राजमो समीकरणप्रति ‘दरबार’ असन्तुष्ट !
नेकपाबाट बिद्रोही उमेदवार शेरमान घर्तीमगरलाई मनोनयन फिर्ता लिन चौतर्फी दबाब !

बुर्तिवाङ २०७६ कात्तिक २२ । २०७६ मंसिर १४ गते हुन गैरहेको उपनिर्वाचनमा बागलुङ २ को ख बाट प्रदेश सभा सदस्य पदको लागी मनोनयन दर्ता सम्पन्न भएको छ । यस उपनिर्वाचनमा उठेका सबै १० उमेदवारहरुमा स्वतन्त्र रुपमा उमेदवारी दिएका शेरमान घर्तीमगर अहिले सर्वाधिक चर्चामा छन् । उनी पूर्व राष्ट्रिय जनमोर्चा र हाल सत्तारुढ नेकपाका कार्यकर्ता हुन् । उपनिर्वाचनमा नेकपाको राष्ट्रिय जनमोर्चालाई नै समर्थन गर्ने निर्णयप्रति तीब्र असन्तुष्टी जनाउदैे घर्तीमगरले नेकपाबाट बिद्रोही उमेदवारको रुपमा खडा भएको बताएपछी चर्चामा आएका हुन् ।

पार्टीको निर्णय बिरुद्ध बागी उमेदवारी दिने व्यापक प्रचार र चर्चामा रहेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीका स्वकीय सचिव केशर बहादुर छन्त्यालले अन्तिम समयमा बागी उमेदवारी नदिनुलार्ई रहस्यमय मानिएको छ । समाचार श्रोतका अनुसार नगरप्रमुख नेपालीले छन्त्याललाई बागी उमेदवार उठाउन आफैले बागलुङ लगेर गएका थिए ।

अहिले शेरमान घर्तीमगर कसको भरोसामा बिद्रोही उमेदवारको रुपमा उपस्थित भए ? भन्ने कार्यकर्ताहरुमा खुलदुली छ । नगरप्रमुख नेपालीले छन्त्यालले बागी उमेदवारी दिन नमानेपछी घर्तीलाई अघिसारिएको हुन सक्ने अनुमान पनि राजनीति बृत्तमा गरिएको छ ।

जिल्ला सदरमुकाममा उमेदवारको मनोनयन दर्ता भैरहँदा ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले देवीस्थानका ५२ जना राजमोका कार्यकर्ता नेकपामा प्रवेश भनेर तस्वीर सहितको स्टाटस साझा गर्नु र पछिल्लो समय खासै सक्रियता नदेखाउनुले नेकपा र राजमो बीचको समीकरणप्रति नगरप्रमुख नेपाली सन्तुष्ट नरहेको पुष्टी भएको अनुमान गर्न सजिलो भएको छ । निसीभूजी क्षेत्रको राजनीति बुर्तिवाङको दरबार होटल (नगरप्रमुख नेपालीको निवास)बाट सन्चालित हुँदै आाएको छ । राजनीति विश्लेषकहरु विश्वासमा दरबारको असन्तुष्टिले आसन्न निर्वाचनमा थोरबहुत प्रभाव त पर्छ नै ।

यस्तो छ, पृष्ठभूमि

नेकपाका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा वली र राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसी बीचभएको भेटवार्तामा नेकपाले राजमोलाई समर्थन गर्ने सहमति भएको समाचार बाहिर आउदा कसाथ जिल्लाका नेकपा कार्यकर्ताहरुले ७ भन्दा बढी रेक्टर स्केलको भूकम्पको धक्का महसूस गरे । जिल्लाका कार्यकर्ताहरुको बिरोध र आफुमा अन्तरनिहीत मनसुवालाई पुरा गर्न नेकपाका सांसद एवं नेताहरुले कात्तिक १० गते विहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई खुमलटारमा पुगेर भेटी जित्ने उमेदवारलाई टिकट दिन आग्रह गर्दै राजमो अध्यक्ष संग भएको सहमति प्रति परोक्षरुपमा असन्तुष्टि जनाए ।

यसको लगत्तै प्रम ओली र अध्यक्ष केसी बीच भएको सहमतीलाई बेवास्ता गर्दै नेकपा बागलुङले सिफारिस गरी प्रदेशमा पठाएको १० जना मध्य ४ जना उमेदवारको नाम प्रदेश कमिटीबाट केन्द्रमा सिफारिस गरी पठाईएको समाचार प्रकाशमा आयो, जस्काकारण प्रम ओली र राजमो अध्यक्ष केसी बीचको सहमती तुहिने लगभग पक्का भएको नेकपा बृत्तमा विश्वास बढ्यो ।

नेकपा र राजमो दुबै पार्टी कार्यकर्तामा अन्योलता छाईरहेको अवस्थामा गत कात्तिक १७ गते नेकपा ढोरपाटन नगर कमिटिले बुर्तिबाङ स्थित नगरप्रमुख नेपालीको दरबार होटलमा आयोजना गरेको निर्वाचन केन्द्रित प्रशिक्षणात्मक कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा बागलुङ जिल्ला ईन्चार्ज तथा कार्यक्रमकी प्रमुख अतिथि बलावती शर्मा, प्रदेश सांसद चन्द्र बहादुर बुढा, नगर प्रमुख देव कुमार नेपाली लगायतले उप–निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने र विजय हासिल गर्ने दावी मात्र गरेनन् सहमती अस्वीकार्य रहेको समेत बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले आफ्नो पार्टीको चुनाव चिन्ह लिएर जोसुकै आए पनि हामी जिताउ छौँ तर विगतको गठबन्धनलाई निरन्तरता दिन तयार छैनौँ भनेर आक्रोश समेत व्यक्त गरे ।

‘जित्ने उमेदवारलाई टिकट दिनु पर्छ…’ भनेर अध्यक्ष प्रचण्ड कहाँ पुगेको प्रतिनिधी मण्डलको नेतृत्व गरेका सांसद देबेन्द्र पौडेल तथा बुर्तिवाङको दरबार होटेलमा आयोजित कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै ‘पार्टी कै उमेदवार उठाउनु पर्छ हामी जिताउछौँ…’ भन्र्ने पार्टीकी जिल्ला ईन्चार्ज वलावती शर्माको व्दैध चरित्रमाथी पार्टी कार्यकर्ताहरुले प्रश्न गर्दै आक्रोश व्यक्त गरिहेका छन् ।

राजमो उमेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय, बागलुङमा मनोनयन दर्ता गर्ने बखत सांसद पौडेल तथा जिल्ला ईन्चार्ज शर्माको सहभागितका बाबजुत पार्टी संगठन विस्तार र मजबुत बनाउन अहोरात्र खटिने नगरप्रमुख नेपाली सदरमुकाममा मौजुद रहँदा रहँदै पनि चुनावी कार्यक्रमहरुमा नदारत रहनु राम्रो संकेत नभएको कार्यकर्ताहरुले बताएका छन् ।

पछिल्लो विकसित राजनीतीलाई हेर्दा नेकपाबाट बिद्रोही बनेका शेरमान घर्तीमगरलाई मनोनयन फिर्ता गर्न चौतर्फी दबाब सिर्जना भएको छ । कुनै हालतमा दरखास्त फिर्ता नलिने बताउदै आएका शेरमान घर्तीको अडानबारे पूर्वानुमान गर्नु हतार हुनेछ । तर बागी उमेदवार बनेका शेरमान घर्तीलाई उमेदवारी फिर्ता गराउन सघाएर नगरप्रमुख नेपालीले सफाई लिनु पर्ने अवस्था विकसित भएको छ ।

यी लिंकहरुपनि पढौँ

उप–निर्वाचनमा आफ्नै उम्मेदवार उठाएर जिताउने नेकपाको दाबी !

राजमो संगको सहमती बिरुद्ध नेकपा प्रदेश कमिटीले पठायो चार जनाको नाम : त्रिपक्षीय भीडन्तको संकेत !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !