ताराखोलाको हिलमा हजार दिने आमालाई कोसेली वितरण !

शान्त खत्री ‘मौसम’, ताराखोला २०७६ कात्तिक २१ । ताराखोला गाउँपालिका स्वास्थ्य शाखा तथा गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं ३ हिलमा हजार दिने आमाहरुलाई वडाको कोेसेली वितरण गरेको छ । हजार दिने आमाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि आमाहरुलाई वडाको कोसेली वितरण गरेको वडा अध्यक्ष डिल बहादुर बस्नेतले जानकारी दिए ।

कोसेलीमा अण्डा, आयोडिनयुक्त नुन, सरसफाईका सामग्री राखिएको उनले बताए । हजार दिनका आमाहरुलाई पोषिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश दिन र परिवारका सदस्यहरुलाई पनि आमाको स्वास्थ्यप्रति चनाखो हुनुपर्छ भन्ने सन्देश दिनका लागि गाउँपालिकाको आयोजनामा कोसेली वितरण गरिएको ताराखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक खड्काले बताए । । कोसेली राखिएका पोषिला खानेकुराबाट पोषणका बारेमा घरपरिवार पनि जानकार हुने हिल स्वास्थ्य चौकीका निमित्त इन्चार्ज जयन्ती रोकाले बताईन् ।

वडा कार्यालयले प्रदान गरेको कोसेलीबाट घरपरिवारका सदस्यहरुलाई पनि हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणका बारेमा ध्यान दिनुपर्ने कुरा सिकाएको सुआहारा कार्यक्रम ताराखोला गाउँपालिका सुपरभाइजर किशोर घर्ती मगरले जानकारी गराए । २४ गते अर्गल र २९ गते ताराखोलामा कार्यक्रम समेत तय भएको घर्तीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !