त्रिशुली युवा क्लबव्दारा घुस्मेलीमा आयोजित हरिबोधनी एकादशी मेला जारी !

मन्दिप निउरे, ताराखोला २०७६ कापत्तक २० । घुम्टे हाम्रो शान पयटन बिकास हाम्रो अभियान भने मुल नाराको साथ त्रिशुली युवा क्लब ताराखोला गाउँपालिका वडा नम्बर ३ घुस्मेली बागलुङले हरिबोधनि एकादशी मेलाको पाबन अबसर पारेर क्लबले आयोजना गरेको कायक्रमको आज तेस्रो दिन खुल्ला वडा स्यरिय पुरुष भलिबल प्रतियोगितामा देउराली युवा क्लब हिल , गलकोट मोडनाइज एकेडमी बोर्डिङ स्कुल हरिचौर , तारा युवा क्लब , लगायतका टिमहरु बिजय भएका छन् ।

क्लबका अध्यक्ष जिबन बस्नेतले दिएको जानकारी अनुसार भूपू भलिबल प्रतियोगितामा धौलागिरी यातायात प्राली , मनसुन रेस्टुरेन्ट एण्ड बार हटिया विजयी भएको बताए ।
कायक्रमको अबसरमा खुल्ला धनुषबाण प्रतियोगिता ,सामुहिक नृत्य प्रतियोगिता ,सोलो बाइक रेस प्रतियोगिताको आयोजना गरिएकाको छ । कायक्रमको समापान कात्तिक २२ गते हरिबोधनि एकादशिको दिन ३६५ हातको लामो तोरण त्रिशुली नदीमा बाजा, भजन सहित तोरण तान्ने कायक्रम रहने छ ।

कायक्रममा राष्ट्रिय कलाकार देवी घर्ती, रामकुमार नेपाली , अमर धिताल, सुनिता नेपाली , मोडेल बुद्धवीर थापा लगायतका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । कात्तिक २२ गते कायक्रमका प्रमुख अथिती गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत को प्रमुख आतिथ्यतामा कायक्रम समापन हुने क्लबका सचिब गणेश बहादुर कार्कीलेले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !