खुंखानीमा खेलिएको देउसी भैलोको आयव्यय सार्वजनिक !

छविलाल पाण्डे, तमान २०७६ कात्तिक २० । तमानखोला गाउँपालिका वडा नं.५ खुँखानीमा देउराली प्राथमिक विद्यालय, चेतनशील आमा समुह, र खुँखानी युवा क्लबको सँयुक्त आयोजनामा खेलिएको देउसी भैलो कार्यक्रमको आय व्याय विवरण सार्वजनिक गरिएको छ । देउसी कार्यक्रममा १ लाख ३० हजार ९ सय ५ रुपैयाँ आम्दानी भएकोमा उक्त रकम विभाजन गरिएको छ ।

देउराली प्राथमिक विद्यालयलाई ३६ हजार ६ सय २५ ?पैयाँ विनियोजन गरीएको छ । उक्त रकममा आन्तरीक तहबाट राखिएका शिक्षकको तलव व्यवस्थापनमा खर्च गरिने बताइएको छ । त्यस्तै आमा समुह र क्लबका निम्ती ३१ ह्जार ८ सय १२ रुपैयाँका दरले विनीयोजन गरिएको र बाँकि रकम खर्च भएको देउराली प्राविका प्रअ प्रविण श्रीपालीले ईबागलृङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !