Sorry, that menu does not exist.
 

बुुर्तिवाङ स्वास्थ्य केन्द्रमा एनेस्थिया दिने स्वास्थ्यकर्मीको अभाव !
प्रश्रव पीडाले छट्पटाई रहेकी महिलाको यसरी भयो शल्यक्रिया, आमा र शिशुको अवस्था सामान्य !

बुर्तिवाङ २०७६ कात्तिक २० । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा डाक्टर दिलिप कोजुको टीमले एनेस्थेसिया (Anesthesia) दिने स्वास्थ्यकर्मी बिना प्रसव पीडाले छटपटाई रहेकी महिलाको अहिले विहान २.३० बजे शल्यक्रिया गरी आमा र शिशुको ज्यान बचाएका छन् । केन्द्रमा एनेस्थेसिया दिने (बेहोस बनाउने) स्वास्थ्यकर्मी नहुँदा समेत डाक्टर कोजु स्वयंले स्पाईनल (ढाड)एनेस्थेसिया दिएर शल्यक्रिया गरी सुरक्षित सुत्केरी गराईएको हो ।

निसीखोला गाउँपालिका २ की २० वर्षिया देबु घर्ती (४० हप्ताको गर्भ) प्रश्रव व्यथा लागेर हिँजो मंगलबार बिहान ९ बजे स्वास्थ्य केन्द्रमा आएकी थिईन् । बेलुका ५ बजे सबै घर खुलेपनि राति ११ बजेसम्म बच्चा नजन्मिएकोले अहिले विहान साढे २ बजे शल्यक्रिया गर्नु पर्ने परेको स्वास्थ्य केन्द्रले जनाएको छ । महिलाको १० घर सबै खुलेको २ घण्टा सम्म बच्चा नजन्मिए शल्यक्रिया गरी सुत्केरी गराउनु पर्ने हुन्छ । सुत्केरीका आफन्तलाई संझाई बुझाई गर्दा र डाक्टर आफैले स्पाईनल एनेस्थिया दिएर शल्यक्रिया गर्दा केहि ढीला हुन गएको केन्द्रले जनाएको छ ।

सुत्केरी आमा र शिशुको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

शल्यक्रिया टीममा डा कोजुका साथै डा मिलन मल्ल ठकुरी, डा लक्ष्मी अर्याल, सिस्टरहरु पार्वती अर्याल, शान्ति पौडेल, थममायाँ, अहेव रुमाकान्त श्रीस र कार्यालय सहयोगी लक्ष्मी सहभागी रहेको स्वास्थ्य केन्द्रले जानकारी दिएको छ ।

यो लिंकपनि पढौँ

बुर्तिवाङ स्वास्थ्य केन्द्रमा गर्भवती महिलाहरुको चाप बढ्दो, स्टाफको अभावले विभिन्न कार्यक्रम प्रभावित !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments