बिहुँमा बृहत शैक्षिक उत्प्रेरणात्मक तालिम सम्पन्न !

कोपीला कंडेल, बागलुङ २०७६ कात्तिक १९ । काठेखोला गाउंपालिका ६ बिहुंमा १ दिने बृहत शैक्षिक उत्प्रेरणात्मक तालिम सम्पन्न भएको छ । काठेखोला गाउंपालिका अन्र्तगत ५ र ६ का शिक्षक अभिभावक र बिद्यार्थीको सहभागितामा बेग्लाबेग्लै तिन चरणमा तालिम सम्पन्न भएको काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिए । । तालिमको सहजिकरण बरिष्ठ प्रशिक्षक रबि किरणले गरेका थिए ।।

सो अवसरमा बोल्दै भिमसेन मा.बि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाले शैक्षिक सम्मृद्धि हासिल गर्नका लागि तालिम महत्वपुर्ण बन्ने बताए । कार्यक्रम काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष युक्त प्रसाद कंडेलको अध्यक्षता, वडा सदस्य मनोहर कंडेलकोे स्वागत मन्तब्य र वडा सचिव अमृता पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !