ग्वालिचौरमा दोश्रो गाउपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिताको आयोजना !

मिनु बीसी, बडीगाड २०७६ कात्तिक १९ । बडीगाड गाउपालिको आयोजना तथा नेपाल सितोरियो कराते बडीगाड डोजोको संयोजनमा आउदो मंसिर १ र २ गते ग्वालिचौरमा दोश्रो गाउपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिता २०७६ को आयोजना हुुने भएकोे छ ।

सो राष्ट्रिय कराँते प्रतियोगितामा प्रथम, व्दितिय र तृतिय हुने टिमहरुलाई क्रमश रु ८०, ५० र ३० हजार प्रदान गरिने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी हुने प्रदेश टिमहरुलाई रु १५ हजार नगद तथा खाना बस्नको व्यवस्था समेत आयोजकबाट गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !