दुई दिनको अन्तरालमा म्याग्दीमा अर्को सवारी दुर्घटना, ४ जनाको मृत्यु २२ जना घाईते !

म्याग्दी २०७६ कात्तिक १७ । यहि कात्तिक १५ गते दरबाङबाट मालिका गाउपालिका-२ रुम जाँदै गरेको ध १ ज ५९८ नम्बरको जीप रुमको आसन भन्ने स्थानमा दुर्घटना भएर दुईजनाको मृत्य भएको पर्सिपल्ट म्याग्दी सदरमुकाम बेनीबाट सोहि मालिका गाउपालिका ७ विमलाई छुटेको ग १ ज २४३६ नम्बरको मिनीबस आज साँझ लुरवाङको गलघण्टी भन्ने ठाउँमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बेनीबाट विमलाई छुटेको बस बिग्रिएपछी दरबाङ बजारबाट अर्को मिनीबस (दुर्घटना भएको)मा राखी यात्रुहरुलाई लिएर विम तर्फ जाँदै गरेको बस भीरबाट खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । मीनीबसमा सवार २२ जना यात्रु घाईते भएको बताईएको छ । दुर्घटनामा मृत्युहनेहरुमा ११ वर्षिया आयुषा जुग्जाली र सतदेवी भट्टचनको सनाखत भएपनि अन्य दुईजनाको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परी बागलुङ ताराखोलाका विजय कंडेल, मालिका-५ बिमका हुमबहादुर जुग्जाली, पलप्रसाद जुग्जाली, कृष्टिना जुग्जाली, नरदेवी परियार, दिलु शेरपुजा, तनदेवी जुग्जाली, चन्द्रकली दर्जी, सुरेश जुग्जाली, देवी जुग्जाली, लिला जुग्जाली रहेका छन् । त्यसैगरी मंगला गापा-५ छिस्वाङ्गकी रमिला खत्री, बेनी(३ का केशव शर्मा, धौलागिरी-३ की रिलमायाँ बुढा, बेनी(९ का विसन खत्री, बेनी-४ का गौरव पौडेल, प्रमिस पौडेल लगायत घाइते भएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !