उप–निर्वाचनमा आफ्नै उम्मेदवार उठाएर जिताउने नेकपाको दाबी !
राजमोलाई सघाउने प्रधानमन्त्री ओली र राजमो अध्यक्ष केसीबीच भएको मौखिक सहमति जिल्लालाई अस्वीकार्य !

सुमन सुनार, बुर्तिबाङ २०७६ कात्तिक १७ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बागलुङ जिल्ला ईन्चार्ज तथा प्रमुख अतिथि बलावती शर्मा, गण्डकी प्रदेश सांसद चन्द्र बहादुर बुढा सागर, ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली, जिल्ला कमिटि सदस्य टंक पौडेल लगायतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ढोरपाटन नगर कमिटिले आज बुर्तिबाङमा आयोजना गरेको निर्वाचन केन्द्रित प्रशिक्षणात्मक कार्यकर्ता भेटघाट कार्यक्रममा बागलुङ क्षेत्र नं. २ “ख” मा हुने प्रदेश सभाको उप–निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने र विजय हासिल गर्ने दावी गरेका छन् ।

बिगतको गठबन्धनलाई निरन्तरता दिदै बागलुङ २ ‘ख’ को उपनिर्वाचनमा सत्तारुढ नेकपाले राष्ट्रिय जनमोर्चालाई सघाउने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी विच मौखिक सहमति भएपनि नेकपा बागलुङका नेता तथा कार्यकताहरुले भने आफुहरुलाई स्वीकार्य नरहेकोे बताउदैे आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउनुपर्ने माग गरेका छन् । उनिहरुले आफ्नो पार्टीको चुनाव चिन्ह लिएर जोसुकै आए पनि हामी जिताउ छौँ तर विगतको गठबन्धनलाई निरन्तरता दिन तयार छैनौँ भनेका छन् ।

२०७४ सालको निर्वाचनमा तत्कालीन एमाले माओवादी गठबन्धनले राजमोलाई बागलुङको प्रदेशसभा सदस्यमा सघाएको थियो । गण्डकी प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनपछि रिक्त स्थानमा आगामी मंसीर १४ गते उपनिर्वाचन हुँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ढोरपाटन नगर कमिटि अध्यक्ष लक्षमण पुनको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला कमिटि सचिव ज्ञामनाथ गैरे, ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुन, नेकपाका नेता तुल्सीराम अर्याल लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा निसीखोला गाउँ कमिटि अध्यक्ष कुविर विश्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने ढोरपाटन नगर किमिटि सचिव भिम गौतमले गरेका थिए ।
यो लिंकपनि पढौँ
नेकपा/राजमो तालमेल धरापमा ? चुनाव जित्ने उमेदवारलाई सिफारिस गर्न अध्यक्ष प्रचण्ड समक्ष आग्रह !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !