गुल्मी चन्द्रकोटमा नृशंस हत्या गरिएको अवस्थामा बेवारिसे तीन जनाको शव भेटियो !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७६ कात्तिक १६ । बागलुङ र गुल्मीको सीमाना नजीक गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ३ हर्राचौरमा एक अधवैंसे महिला सँगै दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा शव फेला परेका छ । चन्द्रकोट गाउँपालिका वडा नं ३ का अध्यक्ष किरण शाहका अनुसार गुल्मी शान्तिपुरवाट बागलुङको काँडेबास थालेपोखरा हुँदै गल्कोट जाने सडकको मुनिपट्टी शव भेट्टीएको हो। अहिले घटना स्थलमा प्रहरी निरीक्षकको कमाण्डमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली पुगेको छ।

अन्दाजी २८ वर्ष उमेरकी महिला र अन्दाजी १० र १२ वर्षका २ बालिकाको शव भेटिएको हो। शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिँह खड्काले जानकारी दिए। शवलाई पोष्टमार्टमको लागी तम्घास लैजाने तयारी भैरहेको छ।

महिलाको शरीरमा लगाएका गरगहना जस्ताको तस्तै रहेको र घटना स्थलमा २ वटा ह्याम्मर र रक्ताम्मे ढुंगा भेटिएकोले नृशंस हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ। रगत जमेको र शव सड्न थालेकोले घटना केहि दिन अगाडि नै भएको हुन सक्ने अनुमान गरिएको छ।

हाम्रा सहकर्मी प्रेम सुनारले दिएको जानकारी अनुसार, चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले ती महिलाको अनुहार, गहना र कपडाको पहिरन हेर्दा चन्द्रकोट गाउँपालिका भित्रकी महिला होईनन, मृतकको मंगोलियन चेहरा छ जुन चेहरा रुकुम राेल्पा, भित्री प्युठान र बागलुङको पनि भित्री विकट गाउँका महिलाको जस्तो देखिन्छ, महिलाले नाकमा नथिया लगाएकाे जानकारी दिए ।

मृतक महिलाको दाँहिने कानमा सुनका गहना छन । दाहिने खुट्टामा कल्ली लगाएकी छन । जुन कल्ली गुल्मी जिल्लामा विकट गाउँ देखि नै लोप भई सकेको छ । सडक देखि १६ फिट तल धानमा गाडे लु्काएको जस्तो गरी फालिएको छ । दुई बालबालिकालाई माथी नै हत्या गरि ती महिला भन्दा धेरै तल फालिएको छ । अध्यक्ष खत्रीले भने, महिलाको शव माथी निकालियो अब ती बालिकाको शव निकाल्न जाँदै छौं ।
तस्वीर सौजन्य : प्रेम सुनार गुल्मी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !