झलझली देखिरहने त छुट्टिए पछि बनायौँ … !

रुने त मायाको चिनो दिए पछि बनायौँ
हात हल्लाउँदै बिदाई लिए पछि बनायौँ

हरेक रात सपनामा आँखा अगाडि तिम्रो तस्बिर
झलझली देखिरहने त छुट्टिए पछि बनायौँ
*
बगाएर रगत पसिना मेहनत टुहुरा गर्छ
देशले उसको सपना खै कहिले पुरा गर्छ

गरिबी, महङ्गी र बेरोजगारी दिनप्रतिदिन
यो सरकार जहिले समृद्धिका कुरा गर्छ ।
*
दिन त आफन्तले नै झन पीडा दिदै छन्
साच्चै दिए जस्तै गरेर मन पीडा दिदै छन् ।

यस्तै बेला तिमी पनि कुरै बुझ्दिनाँै यार
लगाएर झुठो वचन पीडा दिदै छन् ।।
*
एकचिम्टी सिन्दुरको भरमा पठाएकी हौँ आमा
तिमीले त आफ्नै रहरमा पठाएकी हौँ आमा

मलाई मेरै घर प्यारो थियो मेरै दाजुभाइ
खै यो कसको घरमा पठाएकी हौँ आमा ।।
*
जीवनभर माया गर्छु भन्नै पर्दैन
अझ तिम्रै शरण पर्छु भन्नै पर्दैन

देखिसक्यो तिम्रो औकात आज
म तिमी बिना मर्छु भन्नै पर्दैन ।
*
मेरो चिनो मलाइ देउ लिन आउनेछु
विगतका पल नसम्झिकिन आउनेछु ।

बिहेको मिति पक्कापक्की भएछ
यार बोलाउनु बधाई दिन आउनेछु ।
***

केशबराज क्षेत्री
बरेङ गाउँपालिका वडा नम्बर २
हुग्दिशिर
बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !