बाह्रवर्ष पछी कुँवरको घरमा बल्यो बिजुली … !

लक्ष्मण बिसि, फलेवास २०७६ कात्तिक १४ । गाउँमा विजुली बलेको १२ वर्ष सम्म आर्थिक अभावकाकारण बिजुली जडान गर्न नसकी अँध्यारोमा जीवन गुजार्न बाध्य फलेवासका एक दम्पतीको घरमा तिहारको अवसरमा बिजुली बत्ती बलेको छ ।

फलेवास नगरपालिका ११ पाङराङ राङमासका चुनबहादुर कुँवरको घरमा पाङराङ सेवा समाज दोहा कतारको आर्थिक सहयोगमा विजुली जडान गरिएको स्थानीय गणेश पाण्डेले जानकारी दिए ।

कुँवरको घरमा करिब १५ हजारको लागतमा बिजुली जडान गरिएको पाङराङ पर्वत सेवा समाज दोहा कतारका सदस्य रामु सुनारले बताए । बालबच्चा नभएका कुँवर पत्नीसंग घरमा बस्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !