९० बर्षिय थापाले छोराका साथ पहिलो पटक स्टुडियोमा गाए नयाँ सोरठी गीत !

कौरव खत्री, गुल्मी २०७६ कात्तिक ११ । गुल्मीका एक ९० बर्षीय बयोवृद्धले पहिलो पटक स्टुडियोमा पुगेर नयाँ सोरठी भाका ’शिरै चढाऊँला’ गीत गाएका छन् ।

चन्द्रकोट गाँउपालिका ५जोगिस्थान निवासी वयोवृद्ध गायक मन बहादुर थापाले नयाँ सोरठी भाकामा ’शिरै चढाऊँला’ भन्ने गीतमा स्वर दिएका छन् । गीतमा उनीसँगै उनका छोराहरु भूपाल प्रसाद थापा, बावुराम थापा र साथमा चर्चित कलाकार सन्तु थापा र गीता पाइजा लगायतको सुमधुर स्वर रहेको छ । यस ’शिरै चढाऊँला’गितमा शब्द संकलन भने बयोवृद्ध गायक मन बहादुर थापाका छोरा भूपाल प्रसाद थापाले गरेका छन् ।

तिहार विशेषमा गाईने सोरठीलाई डिजिटल प्रविधिको अहिलेको जमानामा सदैव जीवित राख्न र पाकापुस्ताका कला गलाको संरक्षणमा सहयोग पुग्ने कलाकार सन्तु थापाले जानकाी दिए ।

सोरठी गुरु भनेर गाँउघरमा चिनिने वयोवृद्ध मन बहादुर थापाले पहिलो पटक स्टुडियोमा पुगेर गीत गाएर रेकर्डिङ गरेका हुन । गत शुक्रवार युटुव मार्फत सार्वजनिक गरिएको भिडियोलाई कलाकार सन्तु थापाले निर्देशन गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !