कोपीला कंडेल, बागलुङ २०७६ कात्तिक १० । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती बागलुङ लगायत स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँएकोे छ । बागलुङ सदरमुकाममा देवकोटा संयोजन समिति र बिद्यामन्दिर पुस्तकालयको संयुक्त आयोजनामा पुस्तक बिमोचन तथा सृजना बाचन गरी दिवस मनाईएको छ ।
कार्यक्रममा डा.षडानन्द पौड्याल द्वारा लिखित “काजी रोशनको काव्य साधना“ (समालोचना) र अर्जुनराज पन्त द्वारा लिखित “कोइली“(व्यंग्य काव्य)को बिमोचन गरिएको थियो । दुबै कृतिको बिमोचन प्राध्यापक डा.भवानी प्रसाद पाण्डेले गरेका हुन ।
सो अवसरमा बोल्दै डा पाण्डेले उत्कृष्ट साहित्य मात्र स्मरण योग्य र अमर बन्ने बताए ।समाजमा बिभिन्न खाले साहित्य सृजना हुने गरेको चर्चा गर्दै उनले मुलधारको साहित्यले समाज परिवर्तन गर्नेमा जोड दिए ।
कार्यक्रममा काजि रोशनको काव्य साधनाका लेखक डा. षडानन्द पौड््यालले धौैलागिरी साहित्यीक बिशिष्टतालाई माथि उठाउनु पर्नेमा जोड दिए । बागलुङ लगायत धौलागिरी साहित्य लगायत धार्मिक तथा पर्यटकीय महत्व प्रशस्त सम्भावना रहेको चर्चा गर्दै उनले यहांंको बिशिष्ट परम्पराको उजागर गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्राध्यापक डा. पौड्यालद्धारा लिखित काजीरोशनको काव्य साधना कृतिको धौलागिरी बहुमुखी क्याम्पसका सह प्राध्यापक हरी प्रसाद पाण्डे तथा अर्जुनराज पन्तद्वारा लिखित “कोइली“(व्यंग्य काव्य)को पुुर्ब क्याम्पस प्रमुख डा. आनन्दराज शिलवालले समिक्षात्मक टिप्पणी गरेका थिए ।
सो अवसरमा सर्जकहरु कोपीला कंडेल चन्द्र क्षेत्री गोबिन्द सुबेदी सुरेन्द्र रेग्मी र तुलसीराम पाण्डे लगायतले सृजना वाचन गरेका थिए । सो अवसरमा पुस्तकालयका सल्लाहकार श्याम श्रेष्ठले बिद्यामन्दिर पुस्तकालय अन्तरगत बालबिकासमा अध्यनरत बालबालिकाको हितको लागि भन्दै नगद रु ५५ हजार रुपया पुस्तकालयलाई हस्तान्त्रण गर्दै उनले कलिलो उमेरमै आफ्ना दुई छोराहरु गुमाउनु परेको र उनिहरुको स्मरण स्वरुप पुस्तकालयका बालबालिकाको हितको लागि सक्दो सहयोग गरेको बताए ।
कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम प्रसाद शर्माको अध्यक्षता, देबकोटा जयन्ती संयोजन समितिका संयोजक काजि रोशनको स्वागत मन्तब्य र बिद्यामन्दिर पुस्तकालयका सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।
One Comment