नेकपा/राजमो तालमेल धरापमा ? चुनाव जित्ने उमेदवारलाई सिफारिस गर्न अध्यक्ष प्रचण्ड समक्ष आग्रह !

बुर्तिवाङ २०७६ कात्तिक १० । बागलुङ जिल्ला क्षेत्र नं २ ख बाट निर्वाचित प्रदेश सांसद टेकबहादुर घर्तीको निधनबाट रिक्त भएकोे पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । यस उप निर्वाचनमा नेपाली काँग्रेसले चार जनाको नाम उमेदवारमा सिफारिस गरिसकेको छ भने राष्ट्रिय जनमोर्चाले तीन जना उमेदवारको नाम सिफारिस गरेको छ । नेकपाबाट सम्भावित उमेदवारहरुको नाम सफारिस गर्ने तम्तयारी भैरहेकै अवस्थामा गत कात्तिक ६ गते काठमाडौँमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपाका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटबार्तामा राष्ट्रिय जनमोर्चालाई नेकपाले सघाउने सहमती भएको थियो ।

पार्टी कार्यकर्ताहरु संग कुनै सरसल्लाह नै नगरी राजमोलाई सघाउने सहमती प्रति नेकपाका कार्यकर्ताहरुमा व्यापक असन्तुष्टि देखिएको छ । राजमोलाई सघाउने सहमती बिरुद्ध उमेदवारी दिने कार्यकर्ताहरुले सार्वजनिक रुपमा घोषणा गरिरहेका छन् ।

यसैवीच नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, संघीय सांसद मनकुमारी केसी, प्रदेश सांसद इन्द्रलाल सापकोटा, केन्द्रीय सदस्य बलावती शर्मा, नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे, जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुषाल, फमलाल निउरेले खुमलटार पुगेर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडललाई भेटी पार्टी कार्यकताहरुको असन्तुष्टिबारे अवगत गराउदै “चुनाव जित्ने उमेदवारलाई सिफारिस गर्न आग्रह” गरेका छन् । भेटका अवसरमा आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली राजधानी फर्किए पछी यसबारे बिस्तृत छलफल गर्ने सहमति भएको श्रोतले बतायो ।

नेकपा अध्यक्ष ओली र राजमो अध्यक्ष केसी बीच कात्तिक ६ गते भएको सहमतीको मसी सुक्न नपाउदै आज विहान नेकपाका अर्का अध्यक्ष प्रचण्ड तथा महासचिव पौडेल समक्ष संघीय सांसद पौडेल, मना केसी लगायतको प्रतिनिधी मण्डलले “जित्ने उमेदवारलाई सिफारिस गर्न आग्रह ” गर्नुलाई अर्थपूर्ण दृष्टिले हेरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !